“एक पेड़ माँ के नाम” अभियानलाई तीव्रता
सिलगढी: ‘अरण्य सप्ताह २०२६’ को अवसरमा सिलिगुढी पुलिस कमिसनरेट अन्तर्गतको भक्तिनगर थाना परिसरमा मंगलबार एक विशेष वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ।
पर्यावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा प्रहरी अधिकारी तथा कर्मचारीहरूले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए।
”आज रोपिने प्रत्येक बिरुवाले भोलिको हरित, स्वस्थ र दिगो भविष्य निर्माणमा योगदान पुर्याउँछ” भन्ने मूल सन्देशका साथ प्रहरी टोली आफैं कार्यक्षेत्रमा खटिएर वृक्षारोपण गरेको हो।

यस वर्षको अरण्य सप्ताहमा “एक पेड़ माँ के नाम”(एक रूख आमाको नाममा( भन्ने भावनात्मक नारालाई आत्मसात गर्दै सर्वसाधारणलाई पनि यस अभियानमा जोडिन अपिल गरिएको छ। प्रकृति र पर्यावरणको रक्षाका लागि प्रत्येक नागरिकको भूमिका महत्त्वपूर्ण हुने भन्दै भक्तिनगर थानाले आफ्नो वरपरको वातावरणलाई स्वच्छ र हरियाली बनाउन सबैलाई आह्वान गरेको छ।











