भक्तिनगर थानाद्वारा ‘अरण्य सप्ताह’ अन्तर्गत वृक्षारोपण

FB_IMG_1784053534780

एक पेड़ माँ के नाम” अभियानलाई तीव्रता

सिलगढी: ‘अरण्य सप्ताह २०२६’ को अवसरमा सिलिगुढी पुलिस कमिसनरेट अन्तर्गतको भक्तिनगर थाना परिसरमा मंगलबार एक विशेष वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ।
पर्यावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा प्रहरी अधिकारी तथा कर्मचारीहरूले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए।
​”आज रोपिने प्रत्येक बिरुवाले भोलिको हरित, स्वस्थ र दिगो भविष्य निर्माणमा योगदान पुर्‍याउँछ” भन्ने मूल सन्देशका साथ प्रहरी टोली आफैं कार्यक्षेत्रमा खटिएर वृक्षारोपण गरेको हो।

​यस वर्षको अरण्य सप्ताहमा “एक पेड़ माँ के नाम”(एक रूख आमाको नाममा( भन्ने भावनात्मक नारालाई आत्मसात गर्दै सर्वसाधारणलाई पनि यस अभियानमा जोडिन अपिल गरिएको छ। प्रकृति र पर्यावरणको रक्षाका लागि प्रत्येक नागरिकको भूमिका महत्त्वपूर्ण हुने भन्दै भक्तिनगर थानाले आफ्नो वरपरको वातावरणलाई स्वच्छ र हरियाली बनाउन सबैलाई आह्वान गरेको छ।

About Author

Advertisement