खरसाङ: भारतीय जनता पार्टी तीनधारे महानदी मण्डलको अनुसूचित जाति मोर्चाको सभापति अजय विश्वकर्माले तीनधारे क्षेत्रका अनुसूचित जातिको प्रतिनिधिहरुलाई लिएर सभा सम्पन्न गरेका छन्। उक्त सभा बुथ नम्बर २४८ मा तीनधारेको मिठाईडाँडास्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता हर्कबहादुर विश्वकर्माले गरेका थिए। सभामा मुख्य रुपमा भारतीय जनता पार्टीको तीनधारे महानदी मण्डलको अनुसूचित जाति मोर्चाको सभापति अजय विश्वकर्मा उपस्थित रहेका थिए।

सभामा तीनधारे क्षेत्रमा रहेका अनुसूचित जातिको प्रतिनिधिहरुलाई एकबध्द गराएर कार्य गर्ने तथा सबैजना भारतीय जनता पार्टीको भातृ संगठनको रुपमा रहेर कार्य गर्न योजना तयार पारिएको जानकारी प्राप्त भएको छ।











