खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको अप्पर चिसो पानी गाउँमा स्थानीय माईथेबा तामाङले नयाँ घर पाएका छन्। जीटीएको पूर्व कार्यपाल अनित थापाले दिएको वचन अनुसार माईथेबा तामाङको एकदमै जीर्णावस्थामा पुगेको घर नयाँ निर्माण भएर नयाँ घरमा सरेका छन्। गत समयमा रोहिणीको अप्पर चिसो पानीदेखि घेयाबारीसम्म पुग्ने सडकको शिलान्यास कार्यक्रममा उपस्थित पूर्व जीटीए प्रमुख अनित थापाले माईथेबा तामाङको जीर्णावस्थामा पुगेको घर बनाई दिने वचन दिएका थिए र त्यही वचन अनुसार घर निर्माण भएर पनि माईथेबा तामाङलाई नयाँ घरमा सारिएको छ।
यस अवसरमा घैयाबारी तीन ग्राम पञ्चायत सदस्या सुष्मा वाईबा राई, उमेश थापा अनि सपन थापा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रोहिणी खण्ड समितिका सदस्यहरु, रोहिणी अप्पर चिसोपानी शान्ति परिवार समाजका सभापति सचिव लगायत ग्रामवासीहरू उपस्थित रहेका थिए। माईथेबा तामाङको नयाँ घरको निर्माण कार्य पूरा भएर पनि सारिएकोले पञ्चायत सदस्याहरु, स्थानीय अप्पर चिसो पानी शान्ति परिवार समाज, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र स्थानीयहरुले अनित थापालाई धन्यवाद ज्ञापन गरेका छन्।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत तीनकी पञ्चायत सदस्या सुष्मा वाईबा र स्थानीय समाजका पदाधिकारीले विस्तृत रुपमा जानकारी गराएका छन्।









