खरसाङ: नारी कल्याण समिति, तल्लो दिलारामले आदि कवि भानुभक्त आचार्यको जन्मजयन्ती सार्वजनिक भवन, तल्लो दिलाराममा भव्यताका साथ मनाइयो। नारी कल्याण समितिका अध्यक्ष प्रणीता गुरुङको अध्यक्षतामा अनि सन्तमेरीज एक ग्राम पञ्चायत प्रधान रोशनहाङ्ग सुब्बाको प्रमुख आतिथ्यमा अनि कुन्दनराज राईद्वारा सञ्चालित कार्यक्रम अत्यन्तै भव्य र सभ्य रुपमा सम्पन्न भयो। दीप प्रज्वलनपछि समितिका सल्लाहकार विष्णु ठकुरीले स्वागत भाषणमा उपस्थित सबै सज्जनवृन्दलाई हार्दिक अभिन्दनको साथ स्वागत जनाइन्। आगमी वर्षमा पनि यसरी नै विभिन्न विषयमा विद्यार्थीवर्गलाई प्रोत्साहन दिन प्रतियोगिता राख्ने बताइन्। समितिकी सचिव मेनुका राईले आदि कवि भानुभक्त आचार्य विषयमा छोटकरीमा आफ्नो संक्षिप्त वक्तव्य राखिन्।
यस कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुमाझ कविता वाचन प्रतियोगिता, लोकनृत्य, सामुहिक कविता वाचन गरेर प्रेक्षालयमा आसिन् दर्शकवृन्दलाई मन्त्रमुग्ध तुल्याउन सफल भए।
विजयी हुनेलाई पुरस्कार अनि प्रमाणपत्र प्रदान गरियो भनेे सहभागीहरु सबैलाई सहभागीताको प्रमाणपत्र प्रदान गरियो। सन्त जेभियर्स उच्च माध्यमिक विद्यालयका प्रधान अध्यापक अनिल शर्मा अनि प्रमुख अथिति रोशनहाङ्ग सुब्बाले आफ्नो वक्तव्यमा कार्यक्रम अति नै उत्कृष्ट भएको बताए। साई सुन्दरम् विद्यालय अनि सन्त जेभियर्स विद्यालयका विद्यार्थी प्रतिनिधित्व गरेर कार्यक्रम सफल तुलएयाई दिएकोमा हार्दिक आभार व्यक्त गर्दै एक एकवटा स्मृति चिन्ह प्रदान गरियो। कार्यक्रम सफलिभूत बनाउन नारीहरुले जोश र जाँगर देखाएर खटेका थिए। आ आफ्नो हिसाबले सहयोग र साथ दिएको हुनाले नै कार्यक्रमले सफलता प्राप्त गर्न सक्यो। हामी नारीहरुलाई सर्वश्री दावा सेर्पा, कुन्दन राज राई, भवानी दीप राई, वाङ्गेल सेर्पा, छोङ्गेल सेर्पा, दिपेश आदिले मंन्च सज्जदेखि बत्ती, म्युजिक अनि संचालनको कार्यभार सम्हाल्नमा भरपूर सहयोग पुर्याएका थिए।
अन्तमा पुष्प छेत्रीले सबैलाई कार्यक्रममा उपस्थिति दिएर भानुभक्तको जन्मजयन्ती सफलिभूत तुल्याउनु भएकोमा हार्दपकतापूर्वक धन्यवाद ज्ञापन गरिन्।










