लङ्भ्यूमा चलिरहेको श्रमिकहरुको अनशन स्थलमा पुगे पश्चिम बंगालका श्रम विभागका राज्य मन्त्री भास्कर भट्टाचार्य

IMG-20260713-WA0106

खरसाङ: खरसाङको लङ्भ्यूमा चलिरहेको श्रमिकहरुको अनशन स्थलमा पश्चिम बंगालका श्रम विभागका राज्य मन्त्री भास्कर भट्टाचार्य आज उपस्थित भएका छन्। उनीसित खरसाङका विधायक सोनाम लामा पनि उपस्थित रहेका थिए। अनशनमा पुगेर मन्त्रीले श्रमिकहरुको समस्या बुझेका थिए भने अनशनमा बसेका श्रमिकहरु र श्रमिकहरुको प्रतिनिधिहरुले श्रमिकहरुको विभिन्न समस्याहरु विषयमा मन्त्री समक्ष राखेका थिए। बिहान लङभ्यू चिया बगानका आन्दोलनरत श्रमिकहरूको अनशन स्थलमा पश्चिम बङ्गाल सरकारको श्रम विभागका राज्य मन्त्री भाष्कर भट्टाचार्य उपस्थित भई श्रमिकहरुको समस्या, पीडा तथा मागहरू प्रत्यक्ष रूपमा सुनिदिएको भन्दै सम्पूर्ण श्रमिकहरूको तर्फबाट उनलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ। श्रमिकहरूको जीवन र स्वास्थ्यप्रति उनले देखाएको मानवीय संवेदनाको उच्च सम्मान गर्दछौँ भनी‌ हिल प्लान्टेशन इम्प्लोइज युनियनले बताएका छन्।‌ बंगालका मन्त्रीले भ्रमण गरेपछि हिल प्लान्टेशन इम्प्लोइज युनियनले प्रेस विज्ञप्ति जारी गर्दै धन्यवाद ज्ञापन गरेका छन्।‌ मन्त्रीको भ्रमणपछि लङ्भ्यु श्रमिकहरूको शाखाको मिटिङ र साधारण सभा सम्पन्न भएको छ। यस छलफलबाट के कुरा आयो भन्दा पीएफबारे कुनै निर्दिष्ट कदम र भुक्तानीपछि मात्रै अनशन उठाउन सम्भव छ। श्रमिकहरूको यही सामूहिक निर्णय हामी उहाँलाई पठाउन खरसाङ एएलसीलाई इमेल मार्फत पठाइसकेका छौं। यस परिस्थितिलाई उहाँले गम्भीरतापूर्वक बुझिदिनु हुनेछ भन्ने हाम्रो विश्वास छ।

तसर्थ, आन्दोलनलाई शान्तिपूर्ण रूपमा निरन्तरता दिँदै श्रम विभागले कानुनबमोजिम बगान मालिकविरुद्ध आवश्यक कारबाही गरी श्रमिकहरूको न्यायोचित मागहरू यथाशीघ्र पूरा गरिदिन हार्दिक अनुरोध गर्दछौं भनी हिल प्लान्टेशन इम्प्लोइज युनियनले बताएका छन्।

About Author

Advertisement