पहिलोपटक खरसाङ‌ कोर्टमा भानु जयन्ती समारोह सम्पन्न

IMG-20260713-WA0097

खरसाङ: खरसाङको कोर्टको इतिहासमा पहिलोपल्ट आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती समारोह सम्पन्न गरिएको छ‌।‌
खरसाङ कोर्टमा‌ वकिलहरुले मिलेर भानु जयन्ती समारोह सम्पन्न गरिएको छ‌। खरसाङ कोर्टका जुनियर वकीलहरुको प्रयासमा पहिलोपल्ट आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती पालन गरिएको छ। कार्यक्रममा सिनियर वकीलहरुमा निर्मला अग्रवाल, पवन थापा, विशाल लामा, प्रनिता लामा, बबिता लामा अनि रमेश अग्रवाल उपस्थित रहेका थिए। कार्यक्रममा जुनियर वकीलहरुमा प्रजल लोपचन अनि सोनाली सेञ्चुरीले आफ्नो जातीय भेषभूषामा नृत्य प्रस्तुत गरेका थिए। त्यसरी नै अमन थापा र साथीहरुले गीत प्रस्तुत गरेका थिए‌। यस अवसरमा सिनियर वकील निर्मला अग्रवाल, पवन थापा, प्रणिता लामा अनि रमेश अग्रवालले आफ्नो आफ्नो वक्तव्य राखेका थिए। वक्ताहरुले नेपाली भाषालाई कोर्टमा प्रयोगमा ल्याउने आह्वान् गर्दै नेपाली भाषालाई महत्व दिनु पर्ने आग्रह गरेका थिए। वकील प्रयास तामाङद्वारा सञ्चालन गरिएको कार्यक्रममा कोर्टमा कर्मचारीहरु, सेकुरिटी, कोर्टका‌‌ जीआरओ आदि उपस्थित रहेका थिए। कार्यक्रममा प्रयासम तामाङ कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

About Author

Advertisement