सोनादा: सोनादा स्कटस् मिसन प्राथमिक पाठशालाको भवनमा केबी मुखियाको सभापतित्वमा सोनादा ग्रामीण पुस्तकालयद्वारा २१२औं भानु जयन्ती समारोह सम्पन्न गरिएको छ। यसको साथै कार्यक्रममा हस्तलिखित पत्रिका मधुमास लोकार्पण पनि गरिएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा सूर्य श्रेष्ठ रहेका थिए भने विशिष्ट अतिथिको रूपमा एनबी तोया, देवकुमार प्रधान, बुद्ध संगम, एचबी घिमिरे, रामराज राई, देबु प्रधान, सुरेन कुमार राई, बी० बी० गुरुङ, भाजपा मण्डल मिना थापा, सोनादा लोवर ग्राम पञ्चायत एकको उप-प्रधानको उपस्थिति रहेको थियो भने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा सुश्री मञ्जरी गुरुङबाट स्वागत सम्बोधन राखिएको थियो। गायक सञ्जय योञ्जनबाट सरस्वती बन्दना प्रस्तुति गरिएको थियो। सोनादा उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरुबाट आठ काण्ड रामायण पाठ प्रस्तुति गरिएको थियो भने सोनादा स्कटस् मिशन प्राथमिक पाठशालाका नानीहरुबाट नृत्य प्रस्तुति गरिएको थियो। क्रमैले श्रीकृती दर्जी, समृद्ध तामाङ, मिना ढुंगेल, उस्नम पाण्डे, बुद्ध राई चौरासियाहरूबाट कविता पाठ प्रस्तुति गरिएको थियो।
प्रमुख अतिथि,विशिष्ट अतिथिहरूको बाहुलीबाट हस्तलिखित पत्रिका मधुमास पत्रिकाको लोकार्पण गरियो भने सम्वद्धित अतिथि एसएम पाख्रिन, देवकुमार प्रधान, बुद्ध संगम, एनबी तोया हरूलाई गरिएको थियो। उक्त कार्यक्रम नरेन्द्र लामाद्वारा सञ्चालन गरिएको थियो।









