ऱ्याङकिंगमा शीर्ष ४-मा सामेल टीमहरू पहिलोपल्ट सेमिफाइनलमा

IMG-20260712-WA0109

नयाँ दिल्ली: फिफा वर्ल्ड कप २०२६ अहिले सबैभन्दा रोमाञ्चक चरणमा पुगेको छ। टुर्नामेण्टको सेमिफाइनलमा खेल्ने चारवटा टीम तय भइसकेको छ अनि यसपाली यस्तो एउटा रेकर्ड बनिएको छ, जुन गत ९६ वर्षको वर्ल्ड कपको इतिहासमा कहिले भएको थिएन। यसपाली फिफा ऱ्याङकिंगमा शीर्ष ४-मा सामेल टीमहरू सेमिफाइनलमा पुगेको छ। यसमा शीर्ष स्थानमा रहने फ्रान्स, दोस्रो स्थानमा रहने अर्जेण्टिना, तेस्रो स्थानमा रहने स्पेन र चौथो स्थानमा रहने ईंग्ल्याण्ड सामेल छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोलाई २-०-ले, स्पेनले बेल्जियमलाई २-१-ले, ईंग्ल्याण्डले नर्वेलाई २-१-ले अनि वर्तमान च्याम्पियन अर्जेण्टिनाले स्विट्जरल्याण्डलाई २-१-ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ। अब विश्व फूटबलका चार सबैभन्दा मजबूत टीमहरूबीच खिताब जित्ने घमासन हुनेछ। सेमिफाइनलमा पुग्ने चारवटा टीमहरूमा तीनवटा यूरोप अनि अर्जेण्टिना दक्षिण अमेरिकाबाट रहेको छ। साल १९३०-मा वर्ल्ड शुरु भएपछि पहिलोपल्ट फिफा ऱ्याङकिंगमा शीर्ष ४-मा सामेल टीमहरू एकसाथ सेमिफाइनलमा पुगेको छ। वर्ल्ड कपमा साधारणत कुनै न कुनै शीर्ष टीम उलटफेरको शिकार बन्ने गर्छ तर यसपाली सबै शीर्ष दावेदारहरूले आशानुरुप प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। उल्लेखनीय छ, फिफाले आधिकारिक रूपमा पुरुष टीमहरूको ऱ्याङकिंग १९९२-मा गरेको थियो।

About Author

Advertisement