खरसाङ: भारतीय नेपाली अनुसूचित जाति मञ्चको आयोजनामा आईतवार खरसाङ महकुमा अन्तर्गत गाडीधुराको सार्वजनिक भवनमा जन मिलन कार्यक्रमको आयोजना गरियो। बसन्तराज दियालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रूपमा खरसाङ विधानसभा समष्टिका विधायक सोनाम लामा उपस्थित थिए। अनुप रामुदामुले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्बोधन कार्यक्रमका संयोजक रोशन विश्वकर्माले राखेका थिए औ कार्यक्रमको औचित्य अनि मञ्चको कार्य सम्बन्धी मञ्चका महासचिव प्रभात गजमेरले जानकारी गराए। यसै अवसरमा मञ्चको पक्षबाट विधायक सोनाम लामालाई जातिय मागबारे एउटा ज्ञापन दिइयो भने लामालाई मञ्चको तर्फबाट सम्बर्द्धना पनि जनाइयो।

आफ्नो सम्बोधनमा विधायक लामाले आफ्नो जातिको हक, अधिकार र सुरक्षाको निम्ति कार्य गरिरहेका अनुसूचित जाति मञ्चको कार्यको प्रशंसा गर्दै उनीहरूको मागप्रति आफू जानकार रहेको औ उनीहरूको माग सम्बन्धमा अवश्य नै कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।










