खरसाङ: महानदी शाखा एक्स सर्भिसमेन एवं विडो वेलफेयर एसोसिएसनको वार्षिक साधारण सभा घुम्तीस्थित श्रमिक कल्याण केन्द्र भवनमा सम्पन्न भयो। सभा सुबेदार मेजर हेमेन्द्र देवान (अवकास प्राप्त) को सभापतित्वमा भएको थियो। सभाको सञ्चालन सल्लाहकार अनरेरी कप्तान श्यामकुमार खवास (अवकास प्राप्त) द्वारा गरिएको थियो। सभामा महानदी,घुम्ती, सिविटार,गिद्ध पहाडका भूतपूर्व/अर्ध सैनिक,वीर नारी, वीरंगनाहरुको उपस्थिति रहेको थियो। सभाको आरम्भमा संस्थाको स्थापनादेखि वर्तमान अवधिसम्म मृत्यु भएका सदस्यहरुको आत्माको चिर शान्तिको निम्ति एक मिनटको मौन धारण गरिएको छ। सभामा स्वागत भाषण साथै सभापतिद्वारा संस्थाको क्रियाकलापप्रति आफ्नो विचार व्यक्त गरेका थिए। सभामा सचिव सुबेदार कृष्ण प्रधान (अवकास प्राप्त) द्वारा वार्षिक प्रतिवेदन साथै अडिट रिपोर्ट पढेर सुनाए। सभामा सल्लाहकार अनरेरी कप्तान श्यामकुमार खवास (अवकाशप्राप्त) द्वारा वर्तमान डिजिटल युगमा पेन्शनको कागजातहरूमा सानो गल्ती भए पनि सिस्टमले स्वीकार्दैन यसोसले पेन्सन सम्बन्धित आफ्नो सबै कागजातहरू आफू जीवित हुँदा नै ठीक गरी राख्नुपर्छ अनि एउटै फोल्डरमा सुरक्षित राख्नुपर्छ साथै पेन्सनरले पाउनु पर्ने सबै अधिकारहरू पाउनु पर्छ भन्ने सल्लाह दिए। उपस्थित सदस्यहरूबाट पनि उनीहरुको गुनासो अनि सुझाव सुने पश्चात सभालाई समाप्त घोषित गरिएको छ।










