खरसाङ: गोर्खा जनमुक्ति मोर्चाद्वारा खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको नयाँ बोर्डलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विभिन्न विषयमा ज्ञापन पत्र बुझाएका छन्। गोजमुमो घैयाबारीको एक टोलीले घैयाबारी ग्राम पञ्चायत तीन कार्यालय पुगेर नयाँ बोर्डका प्रधान मिट्ठु लामा राई, उप प्रधान महेश छेत्रीलाई बधाई दिन्दै सम्पूर्ण घैयाबारी क्षेत्रका जनताको लागि काम गर्ने शुभकामना व्यक्त गरेका छन्। जनताको विभिन्न समस्याहरुलाई समाधान गर्ने साथै जनताको विभिन्न आवश्यकताहरुलाई नयाँ बोर्डले पूरा गरिदिनेछ भन्ने कुरामा आशावादी रहेको पनि बताएका छन्। यस टोलीमा गोजमुमो घैयाबारी शाखाबाट युवा मोर्चा मकुमा समिति सदस्य साथै घैयाबारीका संयोजक दीप सन्यासी, घैयाबारी तीन ग्राम पञ्चायत लोहर गैरीगाउँ महकुमा सदस्य नारी मोर्चा अञ्जली लामा, जोगमाया युवा मोर्चा प्रतिनिधि रन्जित तामाङ, सभापति, मानेडाँडा शाखाबाट शैलेन्द्र लोहार, सभापति, अप्पर गैरी गाउँ युवा मोर्चा शाखाबाट विवेक ठटाल सभापति, नयाँ बस्ती युवा मोर्चा शाखाबाट सुरज गदराज सभापति, रोहिणी युवा मोर्चा शाखाबाट किरण तामाङ सचिव, साथै रोहिणी शाखा प्यारेन्ट्स बढीका प्रदिप प्रधान संयोजक, अन्य पदाधिकारीहरू सामेल रहेका थिए।











