नयाँ दिल्लीमा भारत-अफगानिस्तान ‘मन्थन’

6c27ad4a-fb4e-4ff1-8243-29744e2380bf

केन्द्रीय मन्त्री चिराग पासवान र पबित्रा मार्गेरिटासँग अफगानिस्तानका कृषि मन्त्री ओमारीको भेट

नयाँ दिल्ली: भारत भ्रमणमा रहेका अफगानिस्तानका कृषि, सिँचाइ तथा पशुपालन मन्त्री मावलावी अताउल्लाह ओमारीले बुधबार नयाँ दिल्लीमा भारतका केन्द्रीय खाद्य प्रशोधन उद्योग मन्त्री चिराग पासवान र विदेश राज्यमन्त्री पबित्रा मार्गेरिटासँग भेटवार्ता गरेका छन्। बैठकमा खाद्य प्रशोधन, द्विपक्षीय व्यापार र आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ।
​केन्द्रीय खाद्य प्रशोधन उद्योग मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्ति अनुसार, मन्त्री पासवान र ओमारीबीचको वार्तामा खाद्य प्रशोधन क्षेत्रको मूल्य अभिवृद्धि (भ्यालु एडिसन), पूर्वाधार विकास, प्रविधि, क्षमता अभिवृद्धि तथा द्विपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य बढाउने विषयमा केन्द्रित छलफल भएको थियो।
​दुवै पक्षले खाद्य सुरक्षा सुदृढ गर्ने, जनताको जीविकोपार्जनमा सुधार ल्याउने र पारस्परिक हितका आर्थिक सहकार्यलाई अघि बढाउने प्रतिबद्धता दोहोऱ्याएका छन्। अर्कातर्फ, विदेश राज्यमन्त्री मार्गेरिटाले पनि भेटघाटका तस्बिरहरू साझा गर्दै अफगान जनताको कल्याण र विकासका लागि दुई देशबीच जारी सहयोगको समीक्षा गरिएको जानकारी दिइन्।
​अफगानी कृषि मन्त्री ओमारी दुई देशबीचको आपसी सम्बन्ध विस्तार र साझा चासोका विषयमा संवाद गर्न मंगलबार नयाँ दिल्ली आइपुगेका हुन्।
​पाकिस्तानको एयरस्ट्राइकको भारतद्वारा निन्दा
यो भ्रमण अफगानिस्तान र पाकिस्तानबीच बढ्दो तनावका बीच भइरहेको छ। हालै अफगान प्रान्तहरूमा पाकिस्तानी हवाई आक्रमण (एयरस्ट्राइक) का कारण थुप्रै सर्वसाधारणको मृत्यु र घाइते भएका थिए। भारतले उक्त हवाई आक्रमणको कडा निन्दा गर्दै पाकिस्तानको यो कदम गैरजिम्मेवारपूर्ण भएको र आफ्नो आन्तरिक असफलता लुकाउन सीमा बाहिर हिंसा फैलाउने निरर्थक प्रयास भएको बताएको थियो।
​अफगानिस्तानलाई भारतीय मानवीय सहायता
भारतले सहायता र विकास परियोजनामार्फत काबुललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ। विगत लामो समयदेखि भारतले अफगानिस्तानलाई चिकित्सा उपकरण, औषधि र अत्यावश्यक सामग्री पठाउँदै आएको छ। यसैक्रममा गत १७ जुनमा पाँच टन अत्यावश्यक औषधि काबुल पठाइएको थियो। यसअघि २२ मेमा अफगान बालबालिकाको खोप अभियानलाई सहयोग गर्न भारतले २० टन बीसीजी र टीडी (टिटानस, डिफ्थेरिया) विरुद्धको खोप उपलब्ध गराएको थियो।

About Author

Advertisement