राजगञ्ज: फुलबारी १ ग्राम पञ्चायतकी प्रधान सुनिता रोय चक्रवर्तीले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले राजगञ्जस्थित ब्लक विकास अधिकारीको कार्यालयमा पुगेर आफ्नो राजीनामा पत्र बुझाएकी हुन्।
राजीनामा पत्रमा उनले व्यक्तिगत समस्याका कारण प्रधान पदको जिम्मेवारी सम्हाल्न गाह्रो भइरहेको उल्लेख गर्दै पदमुक्त गरिदिन अनुरोध गरेकी छन्। तृणमूल कांग्रेस की नेतृ चक्रवर्ती सन् २०२३ को पञ्चायत निर्वाचनपछि फुलबारी १ ग्राम पञ्चायतको प्रधान बनेकी थिइन्।










