डलास: अन्तिम समयमा गोल हासिल गरी स्पेनले फिफा वर्ल्ड कप २०२६-को क्वार्टर फाइनलमा स्थान पक्का गऱ्यो। सोमवार भारतीय समयअनुसार अबेर राति खेलिएको म्याचमा स्पेनले पोर्तुगललाई १-०-ले पराजित गऱ्यो। स्पेनलाई म्याचको एकमात्र गोल मिकेल मेरिनोले म्याचको अन्तिम समय (इञ्ज्युरी टाइमको पहिलो मिनट)-मा दिलाए। मेरिनोको त्यही गोलले स्पेनलाई क्वार्टर फाइनलमा पुऱ्यायो भने दिग्गज फरवर्ड क्रिस्टियानो रोनाल्डो र उनको टीम पोर्तुगलको वर्ल्ड अभियानमा विराम लगायो। डलास स्टेडियममा ४४ प्रतिशत पोजेशनको साथ खेल्ने पोर्तुगलले शुुरुदेखि नै आक्रामक मिजास देखायो। यसबीच स्पेनले शुरुवातमा प्रतिआक्रमणको रणनीति अप्नाए पनि फर्ममा आएपछि लगातार आक्रमण शुरु गऱ्यो। यसै क्रममा स्पेनका फरवर्ड मिकेल ओयारजाबालले पहिलो हाफमा गोल गर्ने नजिकको मौका गुमाए। यसबाहेक गोलकीपर डियोगो कोस्टाले एलेक्स बेनाको असाधारण कर्लिंग शट्मा दर्शनीय शेभ गरी पोर्तुगललाई गोल खानदेखि बताए। पोर्तुगलले पनि स्पेनको रक्षापंक्तिलाई लगातार दबाउमा राख्यो। कप्तान क्रिस्टियानो रोनाल्डोले केही असल हमला गरे जबकि नूनो मेण्डेसको डिफ्लेक्टेड शट क्रसबारमा लागेर फर्कियो। यसरी दुवै हाफमा दुवै टीमले केही असल मौकाहरू बनाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। दोस्रो हाफको खेलमा दुवै टीम सतर्क रह्यो अनि म्याच गोलरहित अघि बढ़िरह्यो। एक समय म्याच अतिरिक्त समयसम्म पुग्ने लागिरहेको थियो तर इञ्ज्युरी टाइममा समीकरण बदलियो। इञ्ज्युरी टाइमको खेलमा स्पेनका दुईजना स्थानापन्न खेलाड़ीले म्याचको फसेला गरे। फेरान टोरेसको सटीक पासमा मिकेल मेरिनोले असाधारण फिनिश गर्दै स्पेनलाई १-०-को बढ़त दिलाए। इञ्ज्युरी टाइमको पहिलो मिनटमा गोल खाएपछि पोर्तुगलले पुनरागमन गर्ने समय पाए। यसरी मिरेनोको गोल नै अन्तमा निर्णायक बन्यो। यस हारको साथै ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको विश्व कप २०२६ पनि समाप्त भयो। यो उनको अन्तिम फिफा वर्ल्ड कप हुने रोनाल्डोले धेरै अघि नै घोषणा गरेका थिए। आफ्नो छैटौं वर्ल्ड कप खेलिरहेका रोनाल्डोले टीमलाई च्याम्पियन बनाउन सक्दो प्रयास गरे पनि सफलता हासिल गर्न सकेनन्। उनले आफ्नो वर्ल्ड कप करियरमा २७ वटा म्याच खेलेर ११ गोल गरे। यसको साथमा उनले वर्ल्ड कपको लगातार ६ अलग-अलग संस्करणमा गोल गर्ने एकमात्र फूटबलरको रेकर्ड पनि बनाए। उनले वर्ल्ड कप २०२६-मा जम्मा ३ वटा गोल गरे। उनले उज्बेकिस्तानविरुद्ध ग्रुप चरणको म्याचमा २ वटा अनि क्रोएशियाविरुद्ध राउण्ड अफ ३२-को म्याचमा एक गोल गरे।










