खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा जारी २ स्तरीय खरसाङ सुपर लीग फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा सोमवार २ वटा म्याच खेलियो। आज गोथल्स मेमोरियल स्कूल मैदानमा बी डिभिजनको २ वटा म्याच खेलियो। पहिलो म्याचमा खरसाङ स्पोर्टिंग क्लबले युनाइटेड खरसाङ फूटबल क्लबविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट लाक्पा, तुशान्त थापा र सदन तामाङले १-१ गोल गरे। यसरी युनाइटेड खरसाङ फूटबल क्लबको तर्फबाट जेवियर बेङराले २ गोल गरे। विजेता टीमका तुषान्त थापालाई प्लेयर अफ द म्याच चयन गरियो। उनलाई पूर्व फूटबलर तथा प्रशिक्षक दिनकर छेत्रीको बाहुलीबाट सर्टिफिकेट प्रदान गरियो। यसरी दोस्रो म्याचमा कञ्चनजंघा फूटबल क्लबले मकैबारी युनाइटेडविरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट लाक्पा पाख्रिन र मञ्जिल लिम्बुले २-२ गोल गरे। यसरी मकैबारी युनाइटेडको तर्फबाट करण लामाले १ गोल गरे।

प्लेयर अफ द म्याच रहने मञ्जिल लिम्बुलाई सीनियर भारतीय महिला फूटबल टीमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीको बाहुलीबाट सर्टिफिकेट प्रदान गरियो। आज दुवै म्याचको सञ्चालन हिल रेफरीज एसोसिएशनका अधिकारीहरूले गरे। नितेश देवान र रेबिका प्रधान मुख्य रेफरी थिए। सहायक रेफरीको भूमिकामा केविन राई र मनीष थापा थिए।










