भाजपा दार्जीलिङ जिल्ला समितिको तत्वधानमा १२५औं डा. श्यामा प्रसाद मुखर्जी जन्मजयन्ती पालन

IMG-20260706-WA0112

दार्जिलिङ: भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिको तत्वधानमा अप्पर कार्ट रोडस्थित जयहिन्द भवनमा एक विशेष कार्यक्रमबीच ऐतिहासिक १२५औं डा. श्यामा प्रसाद मुखर्जी जन्म जयन्ती पालन कार्यक्रमको आयोजना गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ। उक्त कार्यक्रममा उत्तर बङ्गाल कृषि विश्व विद्यालयका प्रधानाध्यापकहरुको विशेष उपस्थितिमा दार्जीलिङ जिल्ला स्तरीय नेतृत्त्वहरू, मण्डल अध्यक्षहरु, पञ्चायत समिति अनि ग्राम पञ्चायत सदस्यहरूलाई लिएर क्षेत्रका कृषि विकासका सम्भावना अनि प्रयासहरुबारे एक विशेष कार्यशालाको आयोजना गरिएको थियो। दिप्र ज्वलनबाट सुरु भएको उक्त कार्यक्रमका पूर्वार्ध्दमा उत्तर बङ्गाल कृषि विश्वविद्यालयका प्राध्यापकले यस क्षेत्रका कृषि विकासका सम्भावना एवं प्रयासबारे जानकारीमूलक वक्तव्यद्वारा प्रकाश पारेका थिए। उक्त विषयलाई कार्यान्वयन गर्न विभाग, पञ्चायत अनि पार्टीको दायित्व अनि समन्वयबारे चर्चा गरिएको थियो।

कार्यक्रमका उत्तरार्ध्दमा भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामा, उपाध्यक्ष शुभ प्रधान, विधायक भरत कुमार छेत्रीले सम्बोधन गरेका थिए भने कार्यक्रमलाई महासचिव सोङ्देन् लेप्चाले सञ्चालन गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतको एकता र अखण्डतामा डा. श्यामा प्रसाद मुखर्जीको अतुलनीय योगदानलाई स्मरण गराउँदै उपाध्यक्ष शुभ प्रधानले वक्तव्य पेस गरेका थिए।

About Author

Advertisement