उत्तर बङ्गाल औद्योगिक सम्मेलन सम्पन्न

FB_IMG_1783273652937

उद्योग र लगानी प्रवर्द्धनमा सरोकारवालाहरूको सामूहिक प्रतिबद्धता

सिलगढी: ‘बङ्गाल नेशनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री’ (बीएनसीसीआई) को पहलमा आयोजित ‘उत्तर बङ्गाल इन्डस्ट्री कन्क्लेभ’ (औद्योगिक सम्मेलन) सम्पन्न भएको छ। कार्यक्रममा राज्यको औद्योगिक विकास र आर्थिक सम्भावनाबारे बृहत् छलफल भएको छ।
​सम्मेलनमा राज्यभित्र उद्योग स्थापना, नयाँ लगानी आकर्षण, वैदेशिक तथा आन्तरिक रोजगारी सिर्जना र समग्र आर्थिक विकासका सम्भावनाहरू जस्ता विभिन्न महत्त्वपूर्ण विषयहरूमा केन्द्रित रहेर सरोकारवालाहरूबीच गहन विचार-विमर्श भएको थियो।
​कार्यक्रमका सहभागीहरूले राज्य तथा विशेष गरी उत्तर बङ्गाल क्षेत्रको चौतर्फी विकासका लागि उद्योगमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। आगामी दिनमा यस क्षेत्रको आर्थिक रूपान्तरणका लागि सबै पक्षको सामूहिक र एकीकृत प्रयास नै मार्गदर्शक बन्ने सम्मेलनको निष्कर्ष रहेको छ।

About Author

Advertisement