खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिको आयोजनामा खरसाङमा युवा जनभेला आयोजना गरिएको छ। उक्त युवा जनभेला खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। यस युवा जनभेला युवा शक्ति खरसाङ महकुमा समितिको सभापति प्रेमेन्द्र गुरुङको अध्यक्षतामा र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं पूर्व जीटीए प्रमुख अनित थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। युवा शक्तिको केन्द्रीय प्रवक्ता अनित खातीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण केन्द्रीय महासचिव सदीप प्रधानले राखेका थिए। यस युवा जनभेला कार्यक्रममा युवा शक्तिको केन्द्रीय अध्यक्ष अमृत योञ्जन, पूर्व सभासद अनोश थापा र श्याम शेर्पा, नारी शक्तिका केन्द्रीय अध्यक्षा अनु छेत्री साथै युवा शक्तिको केन्द्रीय पदाधिकारीहरु, दार्जिलिङ, कालेबुङ जिल्ला कमिटीका पदाधिकारीहरु, खरसाङ, मिरिक महकुमा समितिको पदाधिकारीहरु लगायत खरसाङ महकुमा अन्तर्गत विभिन्न समष्टिको पदाधिकारीहरु उपस्थित रहेका थिए। यस युवा जनभेला कार्यक्रमलाई युवा शक्ति खरसाङ महकुमा समितिको सचिव विज्ञान मिश्र, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको नवनियुक्त सभापति एवं पूर्व सभासद प्रणाम रसाइली आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा र सभाध्यक्ष एंव युवा शक्ति खरसाङ महकुमा समितिको सभापति प्रेमेन्द्र गुरुङले पनि सम्बोधन गरेका थिए।

युवा जनभेला कार्यक्रमपछि पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष अनित थापाले विभिन्न प्रश्नहरुको उत्तर दिन्दै अहिले डबल इञ्जिनको सरकार छ र बंगाल विधानसभाको बजेट सेशनमा गोर्खाल्याण्डको कुरा उठेको छ यो नै ठूलो कुरा हो भनी बताएका छन्। उनले भाजपा सरकारले दिन्छु भनेको छ र आबो दिन्छ होला भन्ने आशा छ भनी बताएका छन्।










