अरुणाचल: बजरंग शिखरको सफल आरोहण

FB_IMG_1783240641502

नागरिक-सैनिक समन्वयले पर्यटनमा नयाँ आयाम

ईटानगर: भारतीय राज्य अरुणाचल प्रदेशको सीमावर्ती क्षेत्रमा नागरिक र सैनिकको संयुक्त प्रयासमा एक ऐतिहासिक पर्वतारोहण अभियान सफल भएको छ। ‘अपरेशन अरुणोदय’ अन्तर्गत भारतीय सेनाको गजराज कर्प्स, सेला वारियर्स र राष्ट्रिय पर्वतारोहण तथा सम्बद्ध खेलकुद संस्थान (एनआईएमएएस) को संयुक्त टोलीले ५,५८३ मिटर अग्लो चुनौतीपूर्ण बजरंग शिखर (बजरंग पीक) को सफलतापूर्वक आरोहण गरेको हो।
​दुर्गम सीमावर्ती क्षेत्रलाई साहसिक पर्यटनको केन्द्र बनाउने र स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको हो।

About Author

Advertisement