इरानी सर्वोच्च नेता खामेनेईको अन्तिम संस्कार सुरु, तेहरानका सडकमा उर्लियो जनसागर

ali-khamenei_medium_1201_23

तेहरान: अमेरिका र इजरायलको हवाई आक्रमणमा मारिएका इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको बहुदिने अन्तिम संस्कार कार्यक्रम शनिवारदेखि राजधानी तेहरानमा सुरु भएको छ। गत फेब्रुअरी महिनामा इरान युद्धको सुरुवातका क्रममा भएको हवाई हमलामा ८६ वर्षीय खामेनेईको मृत्यु भएको थियो। उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि तेहरानस्थित ‘ग्र्यान्ड मोसल्ला’ मा राखिएको छ। शनिवार झिसमिसेदेखि नै कालो कपडा लगाएका लाखौँ शोकाकुल नागरिकहरू तेहरानका सडकमा पैदल अघि बढ्दै ग्र्यान्ड मोसल्लातर्फ गइरहेका देखिन्थे। भीडका कारण सडकमा सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
​अन्तिम विदाईमा सहभागी भएका मानिसहरूले हातहातमा झण्डा र ब्यानर बोकेका थिए भने पुरुषहरूको समूहले लयबद्ध रूपमा छाती पिटेर शिया परम्परा अनुसार शोक व्यक्त गरिरहेका थिए। यसै क्रममा कतिपय प्रदर्शनकारीहरूले ‘रगतको बद्ला रगत’ र ‘अमेरिका मुर्दावाद’ जस्ता आक्रोशपूर्ण नाराबाजी समेत गरे। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउथ डकोटाको माउन्ट रसमोरमा आयोजित एक कार्यक्रममा इरानलाई आफूहरूले ठुलो क्षति पुर्‍याएको दाबी गर्दै उनीहरू सम्झौताका लागि आतुर रहेको र अन्तिम संस्कारका लागि अमेरिकाले एक हप्ताको मोहलत दिएको टिप्पणी गरेका छन्। इरानले अन्तिम संस्कारका लागि जानीजानी ४ जुलाईको दिन रोजेको छ, जुन दिन अमेरिकाले आफ्नो स्थापनाको २५०औँ वर्षगाँठ मनाउँदै छ।
​स्वर्गीय खामेनेईको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि इरान र छिमेकी मुलुक इराकका विभिन्न सहरहरूमा लैजाने कार्यक्रम रहेको छ, जसका कारण तेहरानको हवाई क्षेत्र र सडकहरू पूर्ण रूपमा बन्द गरिएका छन्। इरानका नयाँ सर्वोच्च नेता अयातुल्ला मुजतबा खामेनेई आफ्ना पिताको अन्तिम संस्कारमा सहभागी हुने वा नहुने भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन, किनकि इजरायलले उनलाई पनि निशाना बनाउने धम्की दिँदै आएको छ। यसै सन्दर्भमा इरानको संयुक्त सैन्य कमान्डले बिहीबार नै कडा चेतावनी जारी गर्दै इजरायल र अमेरिकालाई आगामी दिनमा कुनै पनि प्रकारको गलत आँकलन नगर्न सचेत गराएको छ।

About Author

Advertisement