खरसाङ महकुमा खेलकुद संघद्वारा यसपाली पनि क्यारम प्रतियोगिता आईतवारदेखि आयोजना गर्ने

IMG-20260704-WA0071

खरसाङ: खरसाङ महकुमा खेलकुद संघद्वारा गत वर्षहरु झैँ यस वर्ष पनि स्वर्गीय धर्मे तामाङ, स्वर्गीय राजु तामाङ अनि स्वर्गीय शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त क्यारम प्रतियोगिता खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा आईतवार‌ ५ जुलाईदेखि शुरु हुने भएको छ। शनिवार यसै प्रतियोगितालाई लिएर संघले सम्पूर्ण तयारी पूरा गरेको छ। संघका सदस्यहरुले प्रतियोगिता स्थलमा गएर सबै कुरोहरुको व्यवस्था गरेका छन् भने गत वर्षको तुलनामा स्थानको अनुमतिको कारण यस वर्ष केवल एकल वर्गमा मात्र उक्त प्रतियोगिता खेलाईरहेको अनि त्यसमा पनि सिमित प्रतियोगीहरुलाई मात्र प्रवेश दिएको जानकारी प्राप्त छ। यस बिषयलाई लिएर खरसाङ महकुमा खेलकुद संघका सचिव निर्मल गुरुङले विस्तृत जानकारी दिंदै सबै प्रतियोगीहरुलाई समयमा नै आई दिने अनुरोध पनि गरेका छन्।‌यसकल साथै सचिव गुरुङले क्यारम प्रतियोगिताको समापनको लगत्तैपछि अर्को इन्डोर खेल ११औं जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता आगामी १९ जुलाईमा हुने पनि जानकारी दिएका छन्।

About Author

Advertisement