दार्जिलिङ: अबकोे सरकार जनताको सरकार हो। कूनै एकल नेताकोे होइन। मेराे पछि लागेर केही हुँदैन, म जस्ताे कार्यकर्ता भाजपामा लाखौं छ। भाजपा कार्यकर्ता र जनताकोे पार्टी हो भनी भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले बताएका छन्। उनले भाजपा केवल एउटा राजनीतिक दल होइन, यो ‘राष्ट्रहित सरोपरि’ को विचारमा विश्वास गर्ने अभियान हो भनी बताएका छन्। उनले एउटा सांगठनिक सभालाई सम्बोधन गर्दै भने, ‘हाम्रो लक्ष्य राष्ट्र निर्माण, समाजको सशक्तीकरण र प्रत्येक सामान्य नागरिकको सेवामा समर्पित हुनु हो। भाजपा केवल नेताहरूले बनाएको पार्टी होइन, यो लाखौं कार्यकर्ता, समर्थक र आम जनताको विश्वास, समर्पण र योगदानले निर्माण भएको जनताको पार्टी हो। बलियो, समृद्ध र आत्मनिर्भर भारत निर्माण नै हाम्रो साझा संकल्प हो।’










