बाढी-पहिरो प्रभावित लिङ्गी क्षेत्रमा भाजपा टोली, अध्यक्ष थापाद्वारा स्थलगत निरीक्षण

FB_IMG_1783070261953

गान्ताेक: ​लगातारको वर्षासँगै आएको बाढी र पहिरोले पुर्‍याएको क्षतिबारे स्थलगत अनुगमन गर्न भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेश अध्यक्ष डी.आर. थापा नेतृत्वको टोली तुमीन-लिङ्गी निर्वाचन क्षेत्र अन्तर्गतको लिङ्गी क्षेत्र पुगेको छ।
​निरीक्षणका क्रममा टोलीले हालैको प्राकृतिक प्रकोपबाट लिङ्गी क्षेत्रमा भएको भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्नुका साथै स्थानीय बासिन्दासँग प्रत्यक्ष कुराकानी गरेको छ। प्रभावितहरूले आफ्नो बस्ने ठाउँ जोखिममा परेको, खानेपानी र यातायातको समस्या भएको तथा राहत वितरणमा ढिलाइ भएको भन्दै टोलीसमक्ष गुनासो राखेका थिए।
​स्थानीयका समस्या सुनेपछि प्रदेश अध्यक्ष थापाले पीडितहरूका माग र समस्यालाई अविलम्ब सम्बन्धित सरकारी निकायमा पुर्‍याएर समाधानका लागि पहल गर्ने आश्वासन दिए। संकटको घडीमा भारतीय जनता पार्टी सम्पूर्ण रूपमा जनताको साथमा रहेको उल्लेख गर्दै उनले प्रभावित परिवारलाई उचित राहत र पुनर्स्थापनाका लागि सरकारसँग जोडदार माग गर्ने प्रतिबद्धता जनाए।
​अनुगमन टोलीमा प्रदेश अध्यक्ष थापासहित भाजपाका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो। टोलीले प्राकृतिक विपत्तिको यो समयमा धैर्यता राख्न आग्रह गर्दै प्रभावित क्षेत्रका नागरिकलाई हरसम्भव सहयोग गर्ने र उनीहरूको आवाजलाई सरकारसमक्ष दृढताका साथ उठाउने बताएको छ।

About Author

Advertisement