भोलि संसदीय अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्ने
काेलकाता: भारतको बौद्धिक जागरण, स्वतन्त्रता आन्दोलन र लोकतान्त्रिक बहसको केन्द्र मानिने सहर कोलकातामा लोकसभाका सभामुख ओम बिरला आइपुगेका छन्। कोलकाता आगमनका क्रममा उनलाई पश्चिम बङ्गला विधानसभाका सभामुख रथिन बोसले भव्य स्वागत गरे।
सभामुख बिरलाले भोलि पश्चिम बङ्गला विधानसभाका सदस्यहरूका लागि आयोजना गरिएको अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्ने तालिका रहेको छ।
यस कार्यक्रमले विधायकहरूलाई विधायी प्रक्रिया, संवैधानिक मूल्य मान्यता, संसदीय परम्परा र उत्कृष्ट अभ्यासहरूका बारेमा गहिरो ज्ञान प्रदान गर्ने उद्देश्य राखेको छ। जसले गर्दा उनीहरूलाई थप प्रभावकारी, जवाफदेही र जनसेवाप्रति प्रतिबद्ध भएर आफ्नो जिम्मेवारी निभाउन मद्दत पुग्ने विश्वास लिइएको छ। यस्ता प्रयासहरूले जनप्रतिनिधिहरूलाई निरन्तर सिकाइ र संस्थागत उत्कृष्टतामार्फत सशक्त बनाउँदै भारतको जीवन्त लोकतन्त्रको जगलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।









