ह्युस्टन: ब्राजीलले चरम रोमाञ्चक जीत हासिल गरी फिफा वर्ल्ड कप २०२६ को प्री-क्वार्टर फाइनल (अन्तिम १६) राउण्डमा प्रवेश गऱ्यो। ५ पल्टको च्याम्पियन ब्राजीलले इञ्ज्युरी टाइममा गेब्रिएल मार्टिनेलीले निर्णायक गोलको सहायताले लड़ाकू जापानलाई २-१-ले पराजित गऱ्यो। स्थानापन्न खेलाड़ीको रुपमा ६५औंं मिनटमा मैदानमा प्रवेश गर्ने मार्टिनेलीले अमेरिकाको ह्युस्टन स्टेडियममा भएको म्याचमा इञ्ज्युरी टाइमको पाँचौ मिनटमा सटीक फिनिशिंगको साथ ब्राजीललाई जीत दिलाए। चाखलाग्दो कुरा के छ भने म्याचमा मध्यान्तरसम्म एशियाली महाशक्ति जापान एक गोलले अघि रहेको थियो। दोस्रो हाफको खेलमा चाहिँ असाधारण पुनरागमनको साथ ब्राजीलले म्याच जित्यो। अन्तिम १६-मा ब्राजीलको भिड़न्त आइभरी कोस्ट र नर्वे बीच खेलिने म्याचको विजेतासँग हुनेछ। सोमवार राति खेलिएको म्याचमा जापानको शुरुवात चाहिँ असल रहेको थियो। जापानलाई मीडफिल्डर काइसु सानोले २९औं मिनटमा गोल गरी बढ़त दिलाए। उनले मैदानको बीचमा ब्राजीलियन खेलाड़ीको मिस पासलाई हासिल गरी एक्लैको दममा गोल गरे। सानोले लामो दूरीबाट हिर्काएको शट्लाई ब्राजीलका गोलकीपर एलिसन बेकरले रोक्न सकेनन्। यो उनको जापान राष्ट्रिय टीमबाट पहिलो गोल पनि हो। जापानले यस बढ़तलाई मध्यान्तरसम्म कायम राख्यो।
एक गोलले पछाड़िने ब्राजीलले दोस्रो हाफको खेलमा चाहिँ पुनरागमन गऱ्यो। लगातार आक्रामण गर्दै टीमले अन्तमा गएर बराबरी हासिल गऱ्यो। मीडफिल्डर कासेमिरोले ५६औं मिनटमा हेडद्वारा गोल गरी स्कोर बराबरीमा पुऱ्याए। उनले गाब्रिएल मागल्हाएसको क्रसमा गोल गरेका। यस गोलको साथै कासेमिरो ब्राजीलको तर्फबाट वर्ल्ड कपमा गोल गर्ने दोस्रो सबैभन्दा अधिक उमेरका खेलाड़ी बने। उनले ३४ वर्ष १२६ दिनको उमेरमा गोल गरे। यसअघि बेबेतोले १९९८ को वर्ल्ड कपमा ३४ वर्ष १३७ दिनको उमेरमा डेनमार्क विरुद्ध गोल गरेका थिए। दोसस्पो हाफको खेलमा बराबरी हासिल गरेपछि ब्राजीलले निर्णायक बढ़तको खोजमा लगातार आक्रमण गऱ्यो। ब्राजीलको धेरैवटा प्रयासलाई जापानका गोलकीपर सुजुकीले असफल बनाए। निर्धारित ९० मिनटसम्म पनि स्कोर बराबरीमा रहँदा म्याच अतिरिक्त समयसम्म पुग्ने लागिरहेको थियो तर इञ्ज्युरी टाइमको ब्राजीलले निर्णायक बढ़त हासिल गरेर देखायो। आर्सनलका फरवर्ड मार्टिनेलीले गजबको फिनिशिंगको साथ गोल गरी जापानको वर्ल्ड कप अभियानमा विराम लगाए। नक्आउट राउण्डमा आफ्नो पहिलो जीत हासिल गर्ने लक्ष्य लिएर मैदानमा ओर्लिने जापानले बढ़तलाई कायम राख्न नसक्दा बिदा लिनु पऱ्यो। २०१८-को वर्ल्ड कपमा पनि बेल्जियमविरुद्ध अन्तिम १६ मा जापानले २-०-को बढ़त हासिल गरेपछि अन्तमा ३-२-ले हारको सामना गर्नु परेको थियो। यसरी २०२२-मा क्रोएशियाविरुद्ध १-०-ले बढ़त हासिल गरेपछि अन्तमा पेनाल्टी शूटआउटमा हारको सामना गर्नु परेको थियो।










