पश्चिम बंगाल कराते च्याम्पियनशीपमा भाग लिएर घर फर्किए

94805de6-a499-4a2b-a3e2-1670f0cb29af

खरसाङ: सेनपाई निकिता प्रधानको नेतृत्वमा पाँचजना सहभागीको टोली कलकत्ताको खुदीराम अनुशीलन केन्द्रमा आयोजित २८औं पश्चिम बंगाल कराते च्याम्पियनशीपमा भाग लिएर सोमवार घर फर्किएका छन्। यो च्याम्पियनशिप बंगालको कराते एसोसिएसनले गत २७ अनि २८ जूनमा आयोजना गरेको थियो। सेन्सी सुशील छेत्रीलाई च्याम्पियनशीपमा रेफ्री अनि अधिकारीको रूपमा छनोट गरिएको थियो। माफाका प्रशिक्षक तथा वरिष्ठ प्रशिक्षक निकिता प्रधानले जानकारी दिएअनुसार, मौसम धेरै गर्मी र असहनीय थियो तर पनि नानीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सफल भए। उनले विद्यार्थीहरूको प्रदर्शनबाट खुसी रहेको र आगामी च्याम्पियनशीपको लागि अझ राम्रो प्रशिक्षण दिने बताइन्। उक्त प्रतियोगितामा रिन्जेन शेर्पाले अन्तिम चरणमा पुग्न सफल भइन् औ रजत पदक जितिन् भने भाग्य तामाङ अनि आराध्या गुरुङले राज्य कराते च्याम्पियनशिपमा काँस्य पदक जित्न सफल भइन्। सुजल छेत्री अनि वाङ्गेल तामाङले आफ्नो उत्कृष्ट प्रदर्शन गरे यद्यपि कुनै पनि पदक जित्न छनोट हुन सकेनन्। माफाका अध्यक्ष सेन्सी सन्दीप गोर्खा प्रधानले सबै सहभागीहरू, प्रशिक्षक र अधिकारीहरूलाई उनीहरूको कडा परिश्रम र उपलब्धिहरूको लागि बधाई दिएका छन्।

About Author

Advertisement