सोनादा क्षेत्र अन्तर्गत मुण्डाहट्टा बस्तीमा चट्याङले ठूलो नोक्सानी

e1fce10b-372a-429c-82fd-c5c04bd2577f

सोनादा: सोनादाको मुण्डाहट्टा बस्ती निवासी पूर्णिमा लकान्द्री र उनको भाई शरण लकान्द्रीको घरमा चट्याङले ठूलो नोक्सानी गरेको छ। राती लगभग ११ बजीको समयमा चट्याङले घरको छेउमा रहेको ६० वर्ष पूरानो देवदारको रुखमा खसेर रुखले घरलाई थिच्दा घर क्षतिग्रस्त बनाएको छ। रूख बम जस्तै विस्फोट भएर रुखका चोइटाहरू लगभग ४० फिट वरिपरि फैलिएको बताइएको छ। यस चट्याङले बिजुली बत्तीका तारहरू पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ। खबर पाउनसाथ विद्युत् विभागका कर्मचारीहरु उक्त स्थानमा पुगेर विद्युत व्यवस्था पुनःबहाली गर्ने कार्य शुरु गरेको जानकारी प्राप्त भएको छ। चट्याङको करणले कुनै मानव क्षति नभए पनि त्यस घरका सदस्यहरुको आर्थिक स्थिति राम्राे नभएको कारण क्षति भएको घर बनाउन नसक्ने भएकोले चिन्तित बनेका छन्।चट्याङले गरेको हानी नोक्सानी‌ विषयमा बताउँदै पूर्णिमा लकान्द्रीले सरकार साथै सांसद राजु बिष्ट, विधायक सोनाम लामा अनि सम्बन्धित निकायहरू समक्ष गुहार लगाएका छन्। निम्न सोनादा ग्राम पञ्चायत एकको उप प्रधान थिलेन लामाले आफूले निरीक्षण गरी क्षतिको विवरण खण्ड विकास अधिकारी साथै सम्बन्धित निकायहरूलाई फोटो विवरणसहित पठाइएको बताएका छन्‌। सबै अधिकारीहरुसित बैठक गरी आगामी कार्य गरिने जानकारी गराएका छन्।

About Author

Advertisement