फुलबारी: अविरल वर्षासँगै जलस्तर बढेपछि महानन्दा ब्यारेजका थुप्रै लकगेटहरू खोलिए

Screenshot_20260628_235431_Instagram

फुलबारी: ​उत्तर बंगालका पहाडी तथा मैदानी क्षेत्रहरूमा विगत केही दिनदेखि भइरहेको लगातारको वर्षाका कारण नदीमा जलस्तर निकै बढेपछि आइतबार फुलबारीस्थित महानन्दा ब्यारेजका थुप्रै लकगेट (ढोका) हरू खोलिएका छन्।
​शनिबार राति परेको मुसलधारे वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएपछि खोलिएका लकगेटहरूबाट ठुलो मात्रामा पानी बगिरहेको देख्न सकिन्छ।
​मौसम विज्ञान विभागले यसअघि नै उत्तर बंगालका विभिन्न जिल्लाहरूमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान जारी गरेको थियो। सोही पूर्वानुमान अनुसार शनिबार रातभरि पहाड र मैदान दुवै क्षेत्रमा तीव्र वर्षा भएको थियो, जसका कारण महानन्दा ब्यारेजमा पानीको सतह अचानक ह्वात्तै बढेको हो।
​कुनै पनि अप्रिय घटना हुन नदिन र सम्भावित बाढीको खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले अहिले स्थितिमाथि कडा निगरानी राखिरहेको छ। जलस्तरको उतारचढावलाई लिएर प्रशासन पूर्ण रूपमा सतर्क अवस्थामा रहेको अधिकारीहरूले जनाएका छन्।

About Author

Advertisement