पश्चिम बङ्गालका पर्यटन मन्त्री डा. शङ्कर घोष साहू समाजको सम्मान समारोहमा सहभागी

848ba0e7-2d0d-400a-8bb9-083c9ddb4d57

प्राप्त आतिथ्यताप्रति प्रकट गरे आभार

सिलगढी: पश्चिम बङ्गाल सरकारका पर्यटन मन्त्री तथा सिलगढीका विधायक डा. शङ्कर घोष साहू समाज सिलगढीद्वारा आयोजित एक विशेष सम्मान समारोहमा सहभागी भएका छन्।
मन्त्री पदको कार्यभार सम्हालेपछि क्षेत्रको भ्रमणका क्रममा समाजका तर्फबाट उनलाई भव्य स्वागत र नागरिक अभिनन्दन गरिएको थियो।
​उक्त समारोहमा प्राप्त न्यानो आतिथ्यता र मायाप्रति खुसी व्यक्त गर्दै मन्त्री डा. घोषले आयोजक तथा सम्पूर्ण उपस्थित जनसमुदायलाई हृदयदेखि नै आभार प्रकट गरेका छन्।
​कार्यक्रमपछि सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै पर्यटन मन्त्री डा. शङ्कर घोषले भनेका छन्, “साहू समाज सिलगढीको सम्मान समारोहमा आज उपस्थित हुन पाउँदा म निकै भावुक र खुसी छु। यहाँहरूले दिनुभएको स्नेह, सम्मान र भव्य स्वागतका लागि सबैलाई धेरै-धेरै धन्यवाद।”
​उक्त समारोहमा साहू समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।

About Author

Advertisement