खरसाङ: खरसाङको मन्टिभियटस्थित टाँसी साम्तेलिङ गुम्बाका बौध्द धर्म गुरु फुन्चुक पाख्रिन म्हेमे (प्रताप म्हेमे) को निधनमा तीनधारेमा शोक सभाको आयोजना गरिएको छ। उक्त शोक सभा तामाङ बुध्दिष्ट एसोसिएसन तीनधारे, अल ईण्डिया तामाङ बुध्दिष्ट एसोसिएसन तीनधारे र सामतेलिन छ्योलिङ मानिलाखाङ गुम्बाको संयुक्त आयोजनामा सम्पन्न भएको छ। उक्त शोक सभा तीनधारेको राजबारीस्थित सामतेलिन छ्योलिङ मानिलाखाङ गुम्बामा सम्पन्न भएको छ। उक्त शोक सभाको अध्यक्षता तामाङ बुध्दिष्ट एसोसिएसन र पद्मा छोईलिङ गुम्बाको संरक्षक छवाङ बम्जनको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा म्हाणिपा संघ तीनधारेकी सचिव मिङमा लामा, तामाङ बुध्दिष्ट एसोसिएसनको सचिव महेन्द्र तामाङ, केन्द्रीय सदस्य सुरेन बम्जन, पद्मा छोईलिङ गुम्बाको सह सचिव सन्तोष लामा, अल ईण्डिया तामाङ बुध्दिष्ट एसोसिएसनको मूल सचिव नरसङ वाईबा लगायत अन्यहरु उपस्थित रहेका थिए। यस शोक सभामा धर्म गुरु फुन्चुक पाख्रिन म्हेमे (प्रताप म्हेमे) को विषयमा चर्चा परिचर्चा साथै उनको योगदान विषयमा चर्चा परिचर्चा गरिएको थियो। यसको साथै उनको निधनमा मौन गहिरो क्षति पुगेको र उनको चिर आत्माले शान्ति पाओस् भनी प्रार्थना गरिएको सन्तोष लामाले जानकारी गराएका छन्।









