समाजसेवी सुमती छेत्रीले अग्निपिड़ीत परिवारलाई दिइन् राहत सामग्रीसहित केही आर्थिक सहयोग

IMG-20221018-WA0249.jpg

सिङ्ताम: गत आइतबार अबेर राती खामदोङ-सिङ्ताम क्षेत्रअन्तर्गत सिमिक आरीटार खाम्दोङमा पदमलाल भट्टराईको घरमा भीषण आगलागी भएको थियो। यस आगलागीमा घर सहित धेरै सम्पत्ति र खाद्यान्न थोकहरू जलेर ध्वस्त भएको थियो। यस आगलागीको कारण पदमलाल भट्टराईको परिवार बेघर भएका छन्। यस दुखद खबर सुनेपछि आज सक्रिय समाज सेवी साथै कवियत्री सुमती छेत्रीले त्यस आगलागी स्थलको निरीक्षण भ्रमण गरिन्। श्रीमती छेत्रीले अग्निपिड़ीत परिवारलाई आज भेटेर समवेदना प्रकट गरिन् अनि उनले आफ्नो निजी पक्षबाट पिड़ीत परिवारलाई केहो राहत सामग्रीसहित केही आर्थिक सहयोग प्रदान गरिन्।

यस्तो दुखको समयमा राहत सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेकोमा अग्नि-पिड़ीत परिवारसहित गाउँलेहरुले समाजसेवी सुमती छेत्रीप्रति आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement