हंगेरीका भारतीय राजदूत पार्थ सातपार्तीले गरे मुख्य सचिवसँग भेट

IMG-20221018-WA0247.jpg

गान्तोक। हंगेरीका लागि भारतीय राजदूत पार्थ सातपार्तीको विशेष आतिथ्यमा अनि राज्यका मुख्य सचिव भीबी पाठकको अध्यक्षतामा राज्य सचिवालयमा सोमवार एक बैठक सम्पन्न भयो। यस बैठकमामा विभागीय प्रमुखहरू साथै वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठक अवधि राज्यको पर्यटन एवं नागरिक उड्डयन विभाग अनि ट्राभल्स एजेण्ट एसोसिएशन अफ् सिक्किम (टास)-का हितधारकहरूद्वारा सिक्किमको पर्यटन चित्रणबारे प्रस्तुति पेश गरियो। प्रस्तुति अवधि विभागीय मुख्य अभियन्ता निरज प्रधानले सामर्थ अनि चुनौतीसँगै सिक्किममा पर्यटनको सफल कथाबारे प्रकाश पारे। योसँगै साहसिक पर्यटन, दीर्घकालीन ग्रामीण पर्यटन अनि हिमाली क्षेत्रमा ट्र्याकिङबारे विवरण पेश गरिएको थियो। राजदूत पार्थ सातपार्तीले राज्यद्वारा प्रस्तावित ट्र्याकिङ मार्गहरूमा धेरै रुचि देखाए अनि स्वयं ट्र्याकिङ गर्ने इच्छा व्यक्त गरे। बैठकमा कृषि विभागद्वारा जैविक खेतीबारे प्रस्तुति पेश गर्दै अदुवा, हर्दी, ठूलो अलैंची, फापर, सिक्किमको सुन्तला अनि मटर आदि जैविक उत्पादको मूल्य श्रृंखला विकासबारे जानकारी गराइयो। बैठकमा राज्यका दुईजना अनि देशको अन्य भागका ४ जना गरेर मोठ ६ जनाले जैविक व्यापार अनि सिक्किममा यसको स्कोपबारे आ-आफ्नो अनुभव साझा गरे। उनीहरू राज्यका जैविक उत्पादकहरूसँग दीर्घकालीन व्यापार सम्बन्ध स्थापना गर्न इच्छुक रहेको देखियो।बैठकमा तिमी चिया, सिक्किम सुप्रिम, एक जिल्ला एक उत्पाद, स्थानीय हथकर्धा अनि थाङ्का पेण्टिङबारे जानकारी गराइयो। राजदूतले सिक्किमी उत्पादनहरूको निर्यात प्रवर्द्धनका लागि विदेशस्थित दूतावासहरूमा प्रदर्शन गर्न इच्छा व्यक्त गरे। उनले आफ्नो बौद्धिक सम्पदा अधिकारको संरक्षण गर्दै ब्राण्डसँग समझौता गरेर स्थानीय डिजाइन, हस्तकला, स्थानीय जातका फलफूलका सार निकासीले धेरै अन्तरराष्ट्रिय बजारमा स्थान पाउन सक्ने सुझाउ दिए।

About Author

Advertisement