शिक्षित भएपछि हामीले राम्रो अनि नराम्रो छुट्याउन सक्नुपर्छः विधायक ढुङ्गेल

IMG-20221018-WA0246.jpg

गान्तोक: मार्चकस्थित बृहस्पति प्रसाईं सीनियर सेकेण्डेरी स्कूलको स्थापनाको ७५औं वर्षको अवसरमा आयोजित तीनदिने कार्यक्रमको दोस्रो दिन आज विविध रङ्गारङ कार्यक्रममाझ सम्पन्न भयो। दोस्रो दिन तादोङका विधायक जीटी ढुंगेल मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।

मुख्य अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै विधायक जीटी ढुंगेलले शिक्षार्जन गरेपछि हाम्रो ज्ञान बढ़्ने हुनाले ज्ञान आर्जन गरेपछि हामी नकारात्मक कुराहरूबाट टाढ़ा रहनुसक्ने बताए। शिक्षा हासिल गरेपछि यसको चेतनाले हामी राम्रो, नराम्रो छुट्याउनु सक्ने हुनाले शिक्षा महत्वपूर्ण विषय रहेको उनले विचार पोखे। दैनिक जीवनमा राम्रो नराम्रो छुट्याउन सकेन भने हामी फँस्ने गर्छन् भन्ने उनले विचार पोखे। स्कूलका संस्थापक स्वर्गीय ब्रहस्पति प्रसाईंको अमूल्य योगदानकै फलस्वरूप यो स्कूलले स्थापनाको ७५औं वर्ष पूरा गरेकोमा बृहस्पति प्रसाईं सीनियर सेकेण्डेरी स्कूल परिवारप्रति विधायक ढुंगेलले बधाई दिए। उनकै शुरुआती पहलपछि यस शैक्षिक संस्थानले क्षेत्रका धेरैलाई मार्गदर्शन गराएको उनले बताए। आजको कार्यक्रममा क्षेत्र विधायक सोनम भेञ्चोङपा, खादी बोर्डका अध्यक्ष छुङछुङ भोटिया, श्रम कल्याण बोर्डका अध्यक्ष गंगा प्रसाई, श्रम विभागका सल्लाहकार मनोज प्रधानको विशेष उपस्थिति रहेको थियो। तीनदिने कार्यक्रमको दोस्रो दिन विविध रङ्गारङ कार्यक्रम प्रस्तुत गरियो।

About Author

Advertisement