बर्फुङ समष्टिमा भाजपा र एसडीएफलाई धक्का

FB_IMG_1782498044093

पूर्व जिल्ला अध्यक्षसहित १० परिवार एसकेएममा प्रवेश

गान्तोक: राज्यको बर्फुङ निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा) र सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) लाई ठुलो धक्का लागेको छ। उक्त दुवै दल परित्याग गरी १० वटा परिवार शुक्रबार औपचारिक रूपमा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीमा प्रवेश गरेका छन्। नवनियुक्त सदस्यहरूलाई एसकेएम ठेकेदार प्रकोष्ठका उपाध्यक्ष प्रभारी टासी ग्याल्पो भोटियाको निवासमा आयोजित एक विशेष कार्यक्रमका बीच पार्टीमा स्वागत गरिएको हो।
​पार्टी प्रवेश कार्यक्रममा बर्फुङका विधायक रिक्सल दोर्जी भोटिया, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव विष्णु शर्मा, विधायकका ओएसडी शिवकुमार राई, सीएलसी बर्फुङका अध्यक्ष नारायण गोपाल गुरुङ लगायत पार्टीका वरिष्ठ नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
​पूर्व भाजपा अध्यक्ष र पूर्व पञ्चायतहरू पार्टीमा सामेल
एसकेएमको ‘लाल बजार’ झण्डा समातेर पार्टी प्रवेश गर्ने विशिष्ट व्यक्तिहरूमा नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सीएल गुरुङ, राज्य महिला आयोगकी पूर्व सदस्य रीता राई, पूर्व पञ्चायत सदस्यहरू भीमकुमार राई र भानु राई रहनुभएको छ। यसका साथै अवकाशप्राप्त स्वास्थ्य कर्मचारी लालमान राई र टीएम राई, अवकाशप्राप्त शिक्षक यूएम राई तथा मानसिंह राई, लक्ष्मण राई र विमल राई आ-आफ्नो परिवारसहित एसकेएममा प्रवेश गर्नुभएको छ।
​मुख्यमन्त्री तामाङको नेतृत्वबाट प्रभावित
पार्टी प्रवेश गरेपछि नयाँ सदस्यहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा सिक्किम राज्यमा भएको चौतर्फी विकास, जनमुखी शासन प्रणाली तथा दूरदर्शी नीतिहरूबाट प्रभावित भएर आफूहरूले एसकेएम रोजेको स्पष्ट पारेका छन्। उनीहरूले आगामी दिनहरूमा बर्फुङ समष्टि तथा समग्र राज्यमा पार्टी सङ्गठनलाई थप सशक्त र गतिशील बनाउन सक्रिय भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन्।

About Author

Advertisement