गान्तोक: सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागका माननीय मन्त्री छिरिङ टी. भोटियाले विभागको सम्पूर्ण सरकारी कामकाजलाई डिजिटल माध्यमबाट सञ्चालन गर्नका लागि ‘ई-अफिस’ वेब एप्लिकेसनको शुभारम्भ गरेका छन्।
ताशिलिङ सचिवालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त एप्लिकेसनको औपचारिक उद्घाटन गरिएको हो।
सो अवसरमा आयोजित भिडियो कन्फरेन्समार्फत मन्त्री भोटियाले ई-अफिस प्रणाली कार्यान्वयनको प्रक्रिया र यसका फाइदाहरूबारे विस्तृत जानकारी दिएका थिए। यो प्रविधिको सुरुवातसँगै विभागको प्रशासनिक कार्यहरू थप पारदर्शी, छिटो-छरितो र कागजविहीन (पेपरलेस) हुने अपेक्षा गरिएको छ।










