जनताले जीटीएको लागि भाजपालाई भोट दिएको होइन तर गोर्खाल्याण्डको लागि हो: सन्दीप प्रधान
खरसाङ: जनताले जीटीएको लागि होइन तर स्थायी राजनैतिक समाधानको लागि जनताले भोट दिएको तर भाजपाले जीटीए नै सञ्चालन गर्न लागेको भन्दै खरसाङबाट सन्दीप प्रधानले भारतीय जनता पार्टीबाट राजिनामा दिएका छन्। सन्दीप प्रधान खरसाङ नगरपालिका वार्ड नम्बर ९ को बुथ नम्बर १९२ को सचिव थिए। आफ्नो राजीनामा विषयमा एउटा भिडियो जारी गर्दै सन्दीप प्रधानले भने, दार्जिलिङका सांसद राजु विष्टले जीटीएलाई ३६० करोड फण्ड दिएको भन्ने भनाई लिएर खरसाङ नगरपालिका वार्ड नम्बर ९ को बुथ नम्बर १९२ को बुथ सचिवको रुपमा राजीनामा दिएको छु।’
उनले भाजपालाई गोर्खाहरुले २००९ देखि भोट दिएको र यसपाली जनताले जीटीएको लागि भोट दिएको होइन भन्दै आफ्नो राजीनामा दिएको जानकारी एउटा भिडियो जारी गरी बताएका छन्। प्रधानले भने, चुनाव अघि बुथ सचिवको रुपमा साथी सोनाम लामालाई जिताउन काम गरेको तर वर्तमानको घटनाक्रम अनुसार २००९ देखि जनताले भारतीय जनता पार्टीलाई जीटीए जस्तो व्यवस्थाको लागि भोट दिएको होइन तर गोर्खाहरुको स्थायी राजनैतिक समाधान जसमा गोर्खाल्याण्ड कि युटीको लागि हो। तर आफु पनि असन्तुष्टि रहेको छु। अहिले आएर भाजपाले फेरि जीटीए नै सञ्चालन हो र् लागेका छन्। जुन गोर्खाहरुको लागि सठीक होइन।’ सन्दीप प्रधानले अघि भने, अनित थापाले थुकेको थुकलाई भाजपाले अप्नाउन लागेको छ। म पनि बुथको सचिव भएकोले म पनि जवाबदेही हुनुपर्छ। तर मेरो यसको जवान छैन। मैले जनतालाई के भन्ने? त्यसैले आजदेखि म मेरो बुथ सचिवको पदबाट राजीनामा दिन्दैछु।’
सन्दीप प्रधानले अख भने, अहिले हाम्रो क्षेत्रमा नै हामीमाथि धेरै थिचोमिचो भएको छ। यस्तो पाराले हो भने हामी सडकमा उत्रनु पर्ने सम्भावना देखिएको छ। म हाम्रो नेतृत्वहरुलाई एक भफदिने आह्वान् गर्दछु। हामीमाथि थिचोमिचो भएको छ। सबैजना एकबध्द हुन आवश्यक छ।’
उनले भने, ३६० करोडको लागि जनताले भाजपालाई भोट दिएको होइन। हामीलाई पीपीएस के हो त्यो पनि स्पष्ट पारिदिनुपर्छ। हामी गोर्खा जातिको लागि पीपीएस भनेको केवल गोर्खाल्याण्ड कि युटी हुनुपर्छ। युटी भए सांसद राजु विष्ट आफैले चलाउँदा पनि भयो नि तर दुईवटा कुरा गर्नु भएन। महाकाल बाबाको कसम खाएर गोर्खाल्याण्ड ल्याउँछु भन्नु अनि अर्कोतिर जीटीएको लागि ३६० करोड भन्नु त दुईमुखे कुरा भयो। यहाँ बिजिनेस गर्नु आएको हो भने अर्कै कुरा हो। बरु गोर्खालाई मासिदिनु हवस। तर एकजना गोर्खा बाँचे पनि गोर्खाल्याण्डको आवाज उठ्ने नै छ।’
उनले इन्टरलोक्युटरलाई पनि माथि माथि नेतालाई मात्र भेटेर हुँदैन तर साधारण जनताको इच्छा र आकांक्षालाई पनि बुझ्नुपर्छ भनी अनुरोध गरेका छन्। उनले जनताको आकांक्षा भनेको बंगालबाट छुट्टिने छुट्टै राज्य गोर्खाल्याण्ड हो भनी बताएका छन्।









