बीजीपीएमले अब ‘पार्टी होइन जाति’ भन्ने नारा लिएर गाउँ घरमा पुग्नेछ: अनित थापा

IMG-20260621-WA0096

दार्जिलिङ: आज सुकेपोखरीमा कार्यकर्ता संवाद कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले बीजीपीएमले अब ‘पार्टी होइन जाति’ भन्ने नारा लिएर गाउँ घरमा पुग्नेछ भनी बताएका छन्। उनले आफ्नो सम्बोधनमा भने, गोर्खाले लामो समयदेखि राखेको लक्ष्य पूरा गर्न अब एकजुट हुने समय आएको छ। २००७ सालमा पनि आन्दोलन भएको थियो र जीटीएलाई चौतारी भनेर बिसाइएको थियो। रोशन गिरीले जीटीए हुँदाहुँदै राजीनामा दिएर आन्दोलन गरेका थिए, तर पछि कलकत्तामा गएर राजीनामा फिर्ता लिएर फेरि जीटीए चलाए। अनित थापा आफू यस्तो व्यक्ति हो जो एकपटक छोडेपछि फर्केर जाँदैनन्। यो समय गोर्खा जातिको लागि सही समय हो किनभने ‘दिन्छु’ भन्ने मान्छे नै डबल इन्जिनको सरकारमा छ। हिजोको दिनमा गोर्खालाई केही दिने अवस्था थिएन, तर अहिले पाउने समय हो।’
अनित थापाले अघि भने, पाउने समयमा जीटीएको कुर्सी रुंगेर नबस्ने भन्दै अनित थापाले जीटीए त्यागेका हुन्। नेताहरूले पनि त्याग गर्न सक्नुपर्छ। अब कुनै बाधा नभएकोले जातीय मुद्दामा लाग्नुपर्छ र ‘पार्टीभन्दा जाति ठूलो’ भन्ने नारालाई मैदानमा उतार्नुपर्छ। यो समय दोष दिने होइन, बरु एउटा आवाज बन्ने समय हो। माग्नेहरू एक भएमा माग बुलन्द भएर जानेछ। अनित थापा बीजीपीएम पार्टीका अध्यक्ष हुन् र यो पार्टी तथा झण्डा आफूहरूले नै जन्माएको हो। अन्त म आफ्नो पार्टीे छोडेर कहीँ जान्छु?’
थापाले अझ भने, ‘मैले जीटीएको चिफ पद छोडेर पार्टी सम्हाल्ने र कार्यकर्तालाई सम्हाल्ने बताएका थिए र आफू जे भन्छन् त्यो गर्छन्। हामी गोर्खाल्याण्ड विरोधी कहिल्यै थिएनौ र अहिले एकतामा आउने समय अनुकूल छ। गोर्खाको मुद्दाको आवाज सांसदले मात्र लान सक्छ भन्ने सत्य हो। अहिले सम्भावना छ र त्यो सम्भावना देखेर मैले कुर्सी त्यागेको हुँ र सभासदहरूले पनि कुर्सी त्यागेर देखाएका छन्। बीजीपीएम पार्टी विचारधाराको पार्टी हो र यो पहाडमा सधैं बाँच्नुपर्छ।विचारधारालाई अघि राख्नुपर्छ किनभने कुर्सी आउँछ र जान्छ। मैले जीटीएको चेयरम्यानको कुर्सी छोडेर बीजीपीएम पार्टी खडा गरेका हुन्।’
अनित थापाले भने, ‘स्वर्गीय सुभाष घिसिङले दागोपापलाई आफ्नो घरजस्तो स्यारेका थिए, तर रोशन गिरी र अन्यले सत्तामा बसेर पनि जीटीएको विरोध मात्र गरे। यसपाली पनि जातिको मुद्दा उम्कियो भने सधैंको लागि उम्किनेछ। सुके र पोखरेबुङका नेतृत्वहरू जातिको मुद्दामा एक रहेको र कुर्सीको लागि नभएको देखे। मुद्दा फत्ते गर्ने जिम्मेवारी सांसद राजु बिष्टले लिएका छन्। अब यो मुद्दालाई लिएर गाउँगाउँ र समाजसमाजमा ‘पार्टीभन्दा जाति ठूलो’ भन्ने नाराका साथ सबै एक हुनुपर्छ। बीजीपीएमले अब ‘पार्टी होइन जाति’ भन्ने नारा लिएर गाउँघरमा पुग्नेछ।’

About Author

Advertisement