कोलकातामा ‘भ्यूज एक्सचेन्ज’ को २५औँ वार्षिक साधारण सभा सम्पन्न

22a9c96e-27c4-4abe-b8df-ab4cc9404ffa

विधान सभाका अध्यक्ष रथिंद्र बोसद्वारा सीएहरूको भूमिकाको सराहना

कोलकाता: कोलकातामा चार्टर्ड एकाउन्टेन्टहरूको प्रतिष्ठित संस्था ‘भ्यूज एक्सचेन्ज’ को २५औँ वार्षिक साधारण सभा (अन्तर्राष्ट्रिय एजीएम) भव्य रूपमा सम्पन्न भएको छ।
उक्त विशेष समारोहमा पश्चिम बंगाल विधान सभाका ११औं र वर्तमान अध्यक्ष रथिंद्र बोस मुख्य अतिथिका रूपमा उपस्थित थिए।
​कार्यक्रममा विशिष्ट चार्टर्ड एकाउन्टेन्ट (सीए) हरूसँग ज्ञान, अनुभव र व्यावसायिक उत्कृष्टताका विविध आयामहरूमाथि गहन छलफल तथा सौहार्दपूर्ण मतविनिमय भएको मन्त्री लामाले जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै विधान सभा अध्यक्षले यस गरिमामय बौद्धिक मिलनमेलाबाट आफूलाई ठुलो प्रेरणा मिलेको उल्लेख गरे।
​उक्त २५औँ वार्षिक साधारण सभामा भ्यूज एक्सचेन्जका अध्यक्ष सीए ऋषि खटोर, इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (आईसीएआई) का पूर्व राष्ट्रिय अध्यक्ष सीए रञ्जित अग्रवाल, संस्थाकी सचिव सीए ज्योति मण्डल र सीए विनय सिंघानिया लगायत वित्तीय क्षेत्रका प्रख्यात व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विधान सभाका अध्यक्षले देशको आर्थिक विकास, वित्तीय पारदर्शिता र व्यावसायिक मर्यादा कायम राख्न चार्टर्ड एकाउन्टेन्टहरूले निर्वाह गर्दै आएको भूमिकाको उच्च प्रशंसा गरे।

About Author

Advertisement