अवैध घरेलु मदिराविरुद्ध सिलिगुडी पुलिसको ठुलो अप्रेशन, १० लाखभन्दा बढीको सामग्री नष्ट

888d4366-02a6-4562-8758-e078a499425a

सिलगढी: सिलगढी प्रहरी कमिस्नरेट अन्तर्गतको माटीगढा र बागडोग्रा थानाको संयुक्त प्रहरी टोलीले अन्तःशूल्क (आबकारी) विभागसँगको समन्वयमा अवैध मदिरा उत्पादन र ओसारपसार नियन्त्रणका लागि व्यापक खोजतलास (छापामारी) अभियान चलाएको छ। २० जुन, २०२६ का दिन तारबाडी, खपडैल मोड, सिसाबारी लगायतका विभिन्न स्थानहरूमा यो कारबाही गरिएको हो।
​प्रहरीका अनुसार छापामारीका क्रममा अवैध मदिरा उत्पादन तथा डिस्टिलेसन (चोलाइ) मा प्रयोग गरिने ठुलो परिमाणमा कच्चा पदार्थ र उपकरणहरू बरामद गरी घटनास्थलमै नष्ट गरिएको छ। बरामद गरिएका सामग्रीहरूको कुल अनुमानित मूल्य १०,६६,०००/- (१० लाख ६६ हजार) रुपैयाँ रहेको सिलगढी पुलिसले जनाएको छ।
​अवैध घरेलु मदिराले जनस्वास्थ्य र जनसुरक्षामा गम्भीर खतरा पुर्‍याउनुका साथै विभिन्न आपराधिक गतिविधिहरू बढाउने भएकाले समुदायको रक्षा र शान्ति सुव्यवस्था कायम राख्न यो कदम चालिएको पुलिसको भनाइ छ। सिलिगुडी पुलिसले अवैध मदिराको कारोबारविरुद्ध आगामी दिनमा पनि यस्तै कडा कानुनी कारबाही जारी राख्ने र नागरिकका लागि सुरक्षित वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

About Author

Advertisement