मिरिक र सिलगढीमाझको यातायात बन्द
खरसाङ: रातभरि परेको पानीले खरसाङ खण्ड अन्तर्गत दुधेको बालासन खोलामा निर्माण गरिएको अस्थायी पूल खोलाले लगेको छ। बिहानको समय बालासन खोलामाथिबाट पानी बगिरहेको थियो। दुधेको अस्थायी पुल लबगाएसितै मिरिक र सिलगढीमाझको यातायात बन्द भएको छ।

उल्लेखनीय छ दुधेको पुल बगाएपछि, स्थायी पुल निर्माणाधीन अवस्थामा रहेको छ र स्थायी पुल नबनेसम्म अस्थायी पूलबाट भएर गाडी कुरिरहेको थियो। तर रातभरि परेको पानीले अस्थायी पुललाई बगाएपछि मिरिक र सिलगढीमाझको यातायात बन्द भएको छ।









