नयाँ दिल्ली: भारतीय गृहमन्त्री अमित शाह र भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरबीच बिहीबार नयाँ दिल्लीमा महत्वपूर्ण भेटवार्ता भएको छ। भेटघाटका क्रममा दुई देशबीचको सुरक्षा व्यवस्था, आतंकवाद नियन्त्रण तथा लागूऔषध ओसारपसारविरुद्धको सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विस्तृत छलफल भएको छ।
गृहमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त भेटघाटका बारेमा जानकारी दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत, अमेरिका–भारत बृहत् वैश्विक रणनीतिक साझेदारी (कंप्रिहेंसिव ग्लोबल स्ट्रेटेजिक पार्टनरशिप) लाई अझ अघि बढाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। यो द्विपक्षीय सम्बन्धको मुख्य उद्देश्य दुवै देशका जनतालाई अधिकतम फाइदा पुर्याउनु रहेको पनि उहाँले प्रस्ट पार्नुभएको छ।










