क्रोएशियाविरुद्ध ईंग्ल्याण्डको ४-२-ले जीत

IMG-20260618-WA0062

डलास: फिफा वर्ल्ड कप २०२६-को पहिलो हाई-प्रोफाईल म्याचमा ईंग्ल्याण्डले सफलता हासिल गऱ्यो। भारतीय समय अनुसार बुधवार अबेर राति खेलिएको म्याचमा ईंग्ल्याण्डले क्रोएशियाविरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। ईंग्ल्याण्डको तर्फबाट म्याचमा कप्तान ह्यारी केनको दुई गोल गरे। यसबाहेक जुड बलिंघम र मार्कस रासफोर्डले पनि एक-एक गोल गरे। यस जीतको साथ ईंग्ल्याण्डले ग्रुप एल-मा ३ अंक हासिल गऱ्यो। दर्शकहरूले भरिएको डलास स्टेडियममा खेलिएको म्याचमा पहिलो हाफसम्म स्कोर २-२-को बराबरीमा रहेको थियो। त्यसपछि दोस्रो हाफको खेलमा चाहिँ दुई गोल गरेर ईंग्ल्याण्डले जीत हासिल गऱ्यो। ईंग्ल्याण्डका कप्तान ह्यारी केनले पहिलो हाफमा टीमको निम्ति दुई गोल गरे। क्रोएशियाले पनि असाधारण पुनरागमन गर्दै पहिलो हाफमा दुईपल्ट बराबरी हासिल गऱ्यो। कप्तान ह्यारी केनले १२औं मिनटमा पेनल्टीमा गोल गरी ईंग्ल्याण्डलाई बढ़त दिलाए। केनले शुरुमा लिएको पेनल्टीलाई क्रोएशियाका गोलकीपर डोमिनिक लिभाकोभिचले बचाएका थिए तर केनले पेनल्टी किक लिन अघि नै लिभाकोभिच अगाड़ि बड़ेको हुनाले रेफरीले फेरि पेनल्टी किक लिने निर्देश दिए। केनले दोस्रो प्रयासमा कुनै गल्ती गरेनन् अनि आफ्नो टीमलाई शुरुवाती बढ़त दिलाए। क्रोएशियाका कप्तान लुका मोड्रिचले नोनी मोदुएकेलाई फाउल गरेको हुनाले ईंग्ल्याण्डले पेनल्टी पाएको थियो। क्रोएशियाले पनि चाँड़ै पुनरागमन गऱ्यो। मार्टिन बाटुरिनाले ३६औं मिनटमा क्रोएशियालाई पहिलो गोल दिलाए। पिटर सुसिकको पासमा बाटुरिनाले पेनल्टी बक्स बाहिरबाट दर्शनीय गोल गरे। त्यसपछि केनले ४२औं मिनटमा डेक्लान राइसको कर्नरमा हेडरद्वारा गोल गरी ईंग्ल्याण्डलाई फेरि २-१-को बढ़त दिलाए। पिटर मुसाले पहिलो हाफको इञ्ज्युरी टाइमको पाँचौं मिनटमा क्रोएशियाका लागि दोस्रो गोल गर्दा स्कोर फेरि बराबरीमा पुग्यो। म्याचको दोस्रो हाफमा चाहिँ ईंग्ल्याण्डले क्रोएशियालाई अधिक मौका दिएन। स्टार मीडफिल्डर जुड बेलिंघमले ४७औं मिनटमा ईंग्ल्याण्डलाई म्याचको तेस्रो गोल दिलाए। उनले एलिएट एण्डरसनको पासमा गोल गरे। अन्तमा मार्कस रासफोर्डले ८५औं मिनटमा ईंग्ल्याण्डका लागि चौथो तथा अन्तिम गोल गरे। स्थानापन्न खेलाड़ीको रूपमा मैदान प्रवेश गर्ने रासफोर्डले बुकायो साकाको पासमा गोल गरे। यस जीतको साथ ईंग्ल्याण्ड २ अंकको साथ ग्रुप एल-को शीर्ष स्थानमा पुग्यो।

About Author

Advertisement