खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ लाटपञ्चर मण्डल अन्तर्गत बूथ नम्बर २७९ मा बुधवार भारतीय जनता पार्टीको बूथ सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा सिटोङ लाटपञ्चर मण्डल मण्डल अध्यक्ष दिवस मोहोरा, मण्डल कोषाध्यक्ष दिपेन्द्र छेत्री, मिडिया इन्चार्ज अनिल शर्मा तथा युवा कार्यकर्ता दिनेश मोहोराको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउने, बूथ स्तरमा कार्यकर्ताहरूलाई सक्रिय गराउने तथा आगामी संगठनात्मक गतिविधिहरूलाई सफल बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले पार्टीको विचारधारा र संगठन विस्तारका लागि बूथ स्तरबाटै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। भारतीय जनता पार्टीले जनसम्पर्क विस्तार तथा संगठन सुदृढीकरणको उद्देश्यले यस्ता बूथ सशक्तिकरण कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।











