विमल गुरुङको उपस्थितिमा गिध्द पहाडमा गोजमुमोको सांगठनिक सभा सम्पन्न

IMG-20260616-WA0110

खरसाङ: खरसाङको २९ नम्बर गिध्द पहाड समष्टि क्षेत्रमा गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष बिमल गुरुङको भ्रमणको क्रममा गिध्द पहाडको चौकी डाँडामा रहेको तरुण संघ सार्वजनिक भवनमा सम्पन्न भएको छ। पार्टी अध्यक्ष बिमल गुरुङको विशेष उपस्थितिमा गिध्द पहाडमा गोजमुमोको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सांगठनिक सभालाई गोजमुमो खरसाङ महकुमा समितिको सभापति एवं योगेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा गिध्द पहाड समष्टिबाट विवेक मोक्तानले वक्तव्य राखेका थिए भने युवा मोर्चाको तर्फबाट केन्द्रीय सदस्य युवराज लामाले पार्टीको सांगठनिक गतिविधि र आगामी रणनीति साथै कार्यक्रम लिएर वक्तव्य राखेका थिए। सभामा गोजमुमो केन्द्रीय उपाध्यक्ष प्रदीप प्रधानले आगामी दिनको रणनीतिहरु साथै आगामी 28 जूनमा खरसाङमा हुने बिजय जुलुस र जनसभालाई लिएर जानकारी गराउँदै पार्टीको सांगठनिक गतिविधि विषयमा वक्तव्य राखेका थिए। सभामा पार्टी अध्यक्ष बिमल गुरुङको आगमनपछि सभाको अध्यक्ष गोजमुमो खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राईले वक्तव्य राखेका थिए भनी युवा मोर्चा गिध्द पहाड रोहिणी समष्टिको अध्यक्ष निरज खवासले जानकारी गराएका छन्।

About Author

Advertisement