भाजपाको नाम गरेर कसैलाई धम्काउने काम गर्छ भने सहन गरिने छैना: भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामा

IMG-20260614-WA0074

खरसाङ: कालेबुङको पर्यटकीय स्थल डेलोमा घटेको घटनाको घोर विरोध गर्दछौं भनी भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले बताएका छन्। उनले डेलो घटना विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भाजपाको नाम गरेर धम्काउने व्यक्ति विषयमा आफुहरुले राज्य भाजपा कमिटीमा पनि सोधपुछ गरेको तर उक्त व्यक्ति भाजपाको नभएको बताएका छन्। उनले भाजपाको नाममा अथवा कुनै व्यक्तिले‌ भाजपाको ट्याग प्रयोग गरेर सरकारी कर्मचारी साथै जनतालाई धम्काउने काम गर्छ भने सहन गरिने छैन भनी भनी बताएका छन्। लामाले डेलो घटनालाई लिएर भाजपा पार्टीको नामलाई धमिल्याउने र बदनाम गर्ने प्रयास गरेको आरोपमा उक्त व्यक्ति विरुद्ध भाजपाले कालेबुङमा प्राथमिकी दर्ता गरेको जानकारी गराएका छन्। उनले यस घटनालाई लिएर जीटीएले पनि तत्काल प्राथमिकी दर्ता गर्नु पर्ने थियो भन्दै यहाँको क्षेत्रीय व्यवस्था जीटीएको अधिनस्थ रहेकोले भाजपाले हस्तक्षेप गर्दैन कारण राज्य, केन्द्र र यहाँको क्षेत्रीय व्यवस्थामाझ सम्झौता भएर बनिएको व्यवस्था हो जीटीए र जीटीएको तर्फबाट तत्काल कार्वाही गरिनु पर्ने थियो भनी बताएका छन्।‌ भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले सिलगढीमा एकजना सरकारी अधिकारीले दिएको बयानको पनि विरोध गरेका छन्।

About Author

Advertisement