सिडनी: दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूले शनिवार अष्ट्रेलियन ओपन ब्याडमिण्टन टुर्नामेण्टको सेमिफाइनलमा जापानकी शीर्ष वरीयता प्राप्त अकाने यामागुचीविरुद्ध हारको सामान गर्नु पऱ्यो। यस हारको साथै भारतीय खेलाड़ीको बीडब्ल्यूएफ खिताबको प्रतीक्षा अझ केही समयको निम्ति कायम रह्यो। विश्वकी पूर्व नम्बर एक खेलाड़ी सिन्धूलाई टुर्नामेण्टमा तेस्रो वरीयता प्राप्त भएको थियो। पहिलो गेममा कड़ा चुनौती दिए पनि अन्तमा ४३ मिनटसम्म चलेको म्याचममा सिन्धूले विश्वकी तेस्रो नम्बरकी खेलाड़ी यामागुचीविरुद्ध २०-२२, १२-२१-ले हारको सामना गर्नु पऱ्यो। सिन्धूको हारसँगै यस बीडब्ल्यूएप वर्ल्ड टूर सुपर ५०० टुर्नामेण्टमा भारतको अभियान पनि समाप्त भयो। सिन्धूले म्याचको पहिलो गेममा यामागुचीको डटेर सामना गरिन्। दुवै खेलाड़ीले लगातार ६-६ अंक हासिल गरिन् तर भारतीय खेलाड़ीले आफ्नो गेम पोइण्टलाई सदुपयोग गर्न सकिनन्। यामागुचीले संयम कायम राख्दै पहिलो गेम जितिन्। दोस्रो गेममा चाहिँ म्याच सम्पूर्ण रूपले अलग देखियो। यामागुचीले लगातार ८ अंकको साथ १३-६-को बढ़त हासिल गरिन् अनि पूरा गेममा आफ्नो वर्चस्व कायम राख्दै सजिलै म्याच जितिन्। अब महिला एकलको फाइनलमा जापानी खेलाड़ीको भिड़न्त थाईल्याण्डकी पोर्पावी चोचुवोंगसँग हुनेछ। सिन्धूले फेरि एकपल्ट यामागुचीविरुद्ध जीत हासिल गर्न सकिनन्। यी दुई खेलाड़ीबीच अहिलेसम्मको जीत-हारको रेकर्डमा सिन्धू १५-१३-ले अघि भए पनि गत ६ वटा म्याचममा भारतीय खेला़डीले ५ पल्ट हारको सामना गर्नु परेको छ। दिसम्बर २०२४-मा सैयद मोदी इण्टरनेशनल टुर्नामेण्टपछि सिन्धूले बीडब्ल्यूएफ टूरमा खिताब जित्न सकेकी छैनन्।










