खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एवं जीटीए प्रमुख अनित थापाले शुक्रवार खरसाङ खण्ड अन्तर्गत रहेका पञ्चायत समिति अनि पञ्चायत सदस्यहरूसँग सभा गरेका छन्। उनले यस सभामा पञ्चायत समिति अनि पञ्चायत सदस्यहरूलाई बर्खाको याम शुरु भइसकेको अवगत गराउँदै कुन समय कस्ताे प्रकारको विपत्ति आउनेछ त्यो कसैलाई थाहा हुँदैन भन्दै यसको निम्ति प्रत्येक ग्राम पञ्चायतले अहिलेदेखि नै आपदाको तयारी गर्ने सुझाउ दिए। थापाले महकुमाका डिजास्टर म्यानेजमेन्टसँग सम्पर्कमा रहने पञ्चायत समितिलाई निर्देश पनि दिएका छन्। उनले भने, राजनीति हुँदै गर्छ तर हामीलाई जनताले, जनताकाे सेवा गर्नु नै निर्वाचित बनाएर पठाएका हुन्। त्यसर्थ हाम्रो पहिलो दायित्व जनताकाे सेवा गर्नु हो। थापाले सबैलाई धर्यता अप्नाएर जनहितको निम्ति कार्य गर्नुपर्छ भन्दै यो सबै निर्वाचित सदस्यहरूको एउटा प्रमुख दायित्व अनि कर्तव्य पनि हो भनी जनाए।









