राज्यको पञ्चायत अनि ग्रामीण विकास मन्त्री दिलिप घोष आईपुगे पहाड

IMG-20260612-WA0083

शुक्रवार खरसाङमा बसेर शनिवार दार्जिलिङ जाने

खरसाङ: पश्चिम बंगालको पञ्चायत अनि ग्रामीण विकास, कृषि मार्केटिङ मन्त्री दिलिप घोष शुक्रवार साँझ खरसाङ आईपुगेका छन्। उनी साँझ लगभग 7 बजीको समयमा खरसाङ आईपुगेका थिए। सिलगढीको कार्यक्रमबाट सोझै खरसाङको‌ गिध्द पहाडस्थित सर्किट हाउसमा पुगेका थिए। उनी शुक्रवार यहाँ बसेर शनिवार खरसाङको रेलवे स्टेशनमा दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा भईरहेको समर फेस्टिभल अन्तर्गत ध्रुमा फिल्म फेस्टिभलमा सहभागी हुने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ।

राज्यको पञ्चायत अनि ग्रामीण विकास मन्त्री दिलिप घोष खरसाङ आईपुग्दा उनलाई भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा लगायत जिल्ला प्रतिनिधिहरु र भाजपा पदाधिकारीहरुले स्वागत जनाएका थिए। उनले सर्किट हाउसमा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला प्रतिनिधिहरुसित सभा गर्ने सम्भावना छ। मन्त्री दिलिप घोषले शनिवार खरसाङको रेलवे स्टेशन परिसरमा हुने फेस्टिभलमा भाग लिएर दार्जिलिङ जाने कार्यक्रम रहेको छ।‌

About Author

Advertisement