दार्जीलिङ हिल्स विश्वविद्यालयमा गोजाबिमोद्वारा दोस्रो चरणको निरीक्षण सम्पन्न

IMG-20260612-WA0080

शैक्षिक गुणस्तर सुधारमा जोड

मङ्पु: गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले शुक्रवार दार्जीलिङ हिल्स विश्वविद्यालयको दोस्रो चरणको परिभ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा विद्यार्थी मोर्चाका केन्द्रीय सभापति देवेन्द्र सुब्बा, उपसभापति दीपिका मुखिया, मूल सचिव पल्लव भुजेल, प्रवक्ता उमङ छेत्री, मङ्पु लाब्दा समष्टिका संयोजक स्वरूप गुरुङ लगायत विद्यार्थी मोर्चाका सदस्यहरू उपस्थित थिए। यसको साथै गोर्खा जनमुक्ति युवा मोर्चाका केन्द्रीय उपसचिव अनमोल थापा तथा दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका मूल सचिव सन्जिव सुबेदी छेत्रीको पनि सहभागिता रहेको थियो। परिभ्रमणका क्रममा विश्वविद्यालयको वर्तमान सञ्चालन अवस्था, शैक्षिक तथा प्रशासनिक व्यवस्थापन, भविष्यका योजना तथा संस्थाको समग्र विकासका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले दार्जीलिङ हिल्स विश्वविद्यालयलाई पहाडको एउटा अमूल्य शैक्षिक सम्पत्तिको रूपमा विकास गर्दै गुणस्तरीय शिक्षाको केन्द्र बनाउने विषयमा विशेष जोड दिएका थिए।

छलफलका क्रममा विगतमा भएका कथित पार्टीगत नियुक्ति तथा अन्य विवादास्पद गतिविधिहरू दोहोरिन नदिई विश्वविद्यालयलाई पारदर्शी, उत्तरदायी र शैक्षिक उत्कृष्टताका साथ अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको थियो। साथै सम्बन्धित पक्षहरूबीच सहकार्य र सकारात्मक पहलमार्फत विश्वविद्यालयलाई अझ सशक्त र प्रभावकारी संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

About Author

Advertisement